अ’स्ताए स’हिद पिता मंगले, जो आफ्नै घर बनाइदिने मन्त्री पनि चिन्दैनथे
रोल्पा- बिबिसी नेपाली सेवाको साझा सवाल कार्यक्रम प्रसारणपछि एकाएक चर्चित बनेका रोल्पा सुनछहरी गाउँपालिका-७ जेल्बाङका मंगले बुढाको ८२ वर्षको उमेरमा बिहीबार नि’धन भएको छ।
मंगले बुढा माओवादी स’शस्त्र यु’द्धमा मा’रिएका भुवन बुढाका बुबा हुन्। देशको व्यवस्था र आफ्नो अवस्था फेर्न भन्दै १५ वर्षकै उमेरमा किताबकलम फालेर ब’न्दुक समाएका भुवन २०५९ फाल्गुनमा मा’रिएका थिए।
क्रा’न्ति र परिवर्तनको सपना देखेर २०५४ सालमा भुवन जुन घरबाट निस्किए २० वर्षपछि पनि उनको घरको छानो जस्ताको तस्तै थियो। उनको मृ’त्युपछि सा’हाराबिहीन भएर बाँचेका बाबुआमाको एकाएक साहारा बन्ने पुग्यो, बिबिसी नेपाली सेवाबाट प्रसारण हुने साझा सवाल।
मंगले दम्पतीसँगै उनको घरमा मन्त्री वर्षमान पुन र पूर्व सभामुख ओनसरी घर्तीसँग कार्यक्रम छायांकन गरिएको थियो। मंगलेको अवस्था जस्ताको त्यस्तै चित्रण गरिएको उक्त कार्यक्रम हेरेपछि देशविदेशबाट धेरै प्रतिकृयासमेत आएपछि वर्षमान दम्पतिले मंगलेको घर बनाइदिने प्रतिबद्धता समेत जाहेर गरे।
२०७४ साल माघको पहिलो साता पूर्व सभामुख ओनसरी घर्ती र मन्त्री वर्षमान पुन हेलिकोप्टरबाट मंगलेको घर पुगे। उनलाई घर बनाईदिने भन्दै शिलान्यास गरे। साथमा चामल, ब्ल्यांकेट र लगाउने कपडासमेत मंगले दम्पतीलाई हस्तान्तरण भयो। सो घर २०७५ साल माघ ४ गते मन्त्री पुन दम्पतीले मंगले दम्पत्तीलाई हस्तान्तरण गरे।
मन्त्री वर्षमान पुनको १० लाख ५० हजार र अन्य दाताको १ लाख २७ हजार पाँच सय गरि कुल ११ लाख ७७ हजार पाँच सयको लागतमा उनको दुई तले पक्की घर निर्माण भयो। लामो समय खरको छाना भएको घरमा बस्दै आएका उनले नयाँ घर पाए पनि खुसी भने ल्याउन सकेन।
‘म’र्ने बेला किन नयाँ घर चाहियो? पुरानै घरलाई टिन लगाई देउ भनेँ। तर साथीहरुले मानेनन्। नयाँ घर बनाई दिन्छु भनेर बनाइदिए,’ केही दिन अघि मंगले बुढाले भनेका थिए। मन्त्री पुनले घर निर्माणका साथै ब्यांकेट र आफूले लगाएको कपडा देखाउँदै मंगलले कपडा पाएपछि भने न्यानोसँग दिन काटेको बताएका थिए।
त्यसो त मंगलेलाई आफ्नै मेहनतले बनाएकै घर नै प्यारो लाग्थ्यो।
उनको नयाँ घर बनाई दिने तथा खाद्यान्न र लत्ता कपडा दिने को हुन् मंगलेले चिन्दैनथे। उनले सबैलाई साथी भनेर सम्बोधन गर्थे।
५ वर्ष अघि दाउरा लिन जंगल गएका मंगले उतै ल@डेका थिए। खुट्टामा चो’ट लागेपछि गाउँकै स्वास्थ्य चौकीमा उप@चार गरेको भए पनि खुट्टा सञ्चो नभएका कारण उठ्न बस्न निकै स’मस्या थियो। ‘छोरा भएको भए बाहिर उ’पचार गर्न लान्थ्यो होला,’ मंगलेले भनेका थिए। छोरा भुवनभन्दा निकै जेठा २ छोरी भए पनि दुबैको विवाह भइसकेका कारण घरमा उनको रेखदेख गर्ने कोही थिएनन्।
मा’ओवादीले संचालन गरेको स’शस्त्र यु’द्ध सुरु भएको २ वर्षपछि २०५४ सालमै मंगलेको छोरा भुवन भूमिगत भएका थिए। भुवनसँगै उनका धेरै साथीहरु भूमिगत भएपछि जेल्बाङमा रहेको प्रहरी चौकीबाट खटिएका प्रहरीले मंगलेको घर मात्र हैन छोरा भुवनले पढेको विद्यालयमा समेत अ’नावश्यक गतिविधि र खा’नतलासी बढाउँदै लग्यो। प्रहरीको ड’रले गाउँका प्रायः सबै युवा युवती भूमिगत भए। विद्यार्थीसमेत भूमिगत हुन थालेपछि जेल्बाङका विद्यालय खाली हुँदै गएका थिए।
जेल्बाङमा रहेको प्रहरी चौकी मा’ओवादीले क’ब्जा गरेपछि प्रहरी सदरमुकाम तर्फ लाग्यो। गाउँमा सुर’क्षाफौजको उपस्थिति नभएको मौका छोपी भुवन बुबाआमालाई भेट्न घरमा आउने गर्थे। छोरा घर आउदा निकै खुसी हुथ्यो मंगले दम्पती। २०५९ साल फाल्गुनतिर गाउँकै एक युवकले भुवन शहिद भएको खबर लिएर मंगलेको घर पुगेका थिए।
छोरा मा’रिएको खबर सुनेपछि मंगले दम्पती निकै बेर रो’ए। पार्टीका मान्छेले ‘हामी पनि तपाईकै छोरा हौं’ भनेर सम्झाएका थिए। परिवारको एक्लो छोराको मृ’त्युले मंगले दम्पतीको मुटु छि’याछिया बनाएको थियो। वुढेसकालमा छोराको कमाई खाने सपना पूरा हुन पाएन। २०५९ साल माघ २९ गते रोल्पाकै साविकको सेरम गाविसमा सेनाले गो’लि हानेर मा’रेको भए पनि त्यो खबर उनले झन्डै एक महिनापछि मात्र पाएका थिए।
मंगले मा’ओवादीले संचालन गरेको सश’स्त्र यु’द्धका एक पात्र थिए। स’शस्त्र यु’द्धमा मा’रिएकाहरुका परिवारले कसरी जीवन बिताई रहेका छन् भन्ने उदाहरण थिए मंगले। मंगलेको मृ@त्युपछि अब उनकी श्रीमती झनै बे’साहरा भएकी छिन्।-महेश न्यौपाने /नेपाल लाइभबाट


