हामी बोलीले हैन कामले नेपाली जनतालाई देखाउने छौं : नेकपा नेता गौतम

भक्तपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, पूर्वगृहमन्त्री बामदेब गौतमले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) विकास र समृद्धिको बा धक बताउनुभएको छ ।

आज भक्तपुर क्षेत्र नं. १ (क) को उम्मेदवारी दर्ता र्यालीमा रहभागी हुँदै नेता गौतमले कांग्रेसको आत्मामा देशको विकास र समृद्धि गर्ने रचनात्मक कार्य नभई विरोधको मात्र सपना बोकी हिडेको बताउनुभयो । वर्तमान समय रचनात्मक कार्य गरी जनताको तिव्र विकास प्रतिको चाहना र इच्छा पुर गर्ने समय भएको उल्लेख गर्दै नेता गौतमले भन्नुभयो, ‘बादरले आफ्नो घर पनि बनाउँदैन, अरुलाई बनाउन पनि दिँदैन । जति विरोध गरे पनि देशको विकासको लागि जनताको जनमतलाई कदर गर्दै नेकपा नेतृत्वको सरकार अगाडि बढ्छ, विरोधले छेक्दैन ।’

वर्तमान नेकपा नेतृत्वको सरकार समृद्धिको बाटोमा अघि बढिसकेको बताउँदै उहाँले आगामी तीन वर्ष भित्रमा अमेरिकन डलर पाँच हजार प्रतिव्यक्ति आय पुर्याउने दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘उत्पादन वृद्धि, पूर्वाधार विकाससँगै आय वृद्धिदरको आधार हो । सरकारको लक्ष्य सोही अनुसार अघि बढेको छ । हामी बोलीले हैन कामले नेपाली जनतालाई देखाउने छौं । टाढा जानै पर्दैन भक्तपुरका गल्ली गल्ली हेरे हुन्छ । विकासको गति जनताले मापन गरिरहनुभएको छ । त्यसैले आगामी प्रदेशको निर्वाचनमा नेकपाले अघि सारेको उम्मेदवारलाई अत्याघिक मतका साथ विजयी गराउनुस् ।’

नेकपाका जनप्रतिनिधि विकास र समृद्धिका नेतृत्वकर्ता रहेको उल्लेख गर्दै नेता गौतमले भ्रष्टाचार, अनियमितता, हिंसाको अन्त्य गराउन जिम्मा नेकपाको भएको उल्लेख गर्दै सवै प्रकारका विकृति तथा विसंगतिलाई अन्त्य गर्दै समृद्धिको ढोका खोल्ने कार्य नेकपाले मात्र गर्न सक्ने स्पष्ट पार्दै उहाँले भन्नुभयो, ‘नेकपाको सूर्य चिन्ह अघि बढ्यो, अब रोकेर रोकिन्न ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।