विद्याको उम्मेदवारीसँगै स्थानीयमा उत्साह ! ८५ वर्षीया वैकुण्ठनाथ भन्छन,- विद्याभित्र रवीन्द्र देख्छौँ

कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा उपनिर्वाचनमा विद्या भट्टराईको उम्मेदवारीले रवीन्द्रप्रसाद अधिकारीको जन्मस्थान भरतपोखरीवासी खुशी भएका छन् । “आफ्नो माटोमा जन्मे हुर्केर राजनीति उचाइमा पुगेको गाउँको लोकप्रिय छोरो गुमाउनुपरेको पीडालाई भुल्न गाह्रो भए पनि विद्याको उम्मेदवारीले केही खुशी ल्याएको छ ।” स्थानीयवासी ८० वर्षीया पूर्णकुमारी आचार्यले भन्नुभयो । “मैले जीतको शुभकामना दिएँ, विद्या हाम्री छोरी हुन्, अब राष्ट्रकै छोरी भएर सफल भएको देख्ने चाहन्छौँ”, आचार्यले भन्नुभयो ।

अर्का स्थानीयवासी ८५ वर्षीया वैकुण्ठनाथ आचार्यले पनि भट्टराईको उम्मेदवारीले खुशी भएको बताउनुभयो । “हामीले गुमाएको त पाउन सक्दैनौँ अब विद्याले हामी सबैले देखेको समृद्धिको सपना पूरा गर्न भूमिका खेल्नेछिन् । विद्याभित्र रवीन्द्र देखिरहेका छौँ”, उहाँले भन्नुभयो ।

अधिकारीको निधनपछि निराश स्थानीय बासिन्दा भट्टराईको उम्मेदवारीसँगै उत्साहित बनेका छन् । आफ्नो चुनावी अभियान शुरू गर्न गृहस्थान पुग्नुभएकी भट्टराईलाई स्वागत गर्दै उक्त ठाउँका बासिन्दाले अधिकारीको सपना पूरा गर्न र समग्र देशलाई समृद्धिपथमा अगाडि बढाउन आग्रह गरेका थिए । भट्टराईले अधिकारीलाई राजनीतिक उचाइमा पु¥याउन आफू पर्दा पछाडि बसेर राजनीतिक योगदान गरिरहेको बताउनुभयो । “आज पार्टीले त्यो योगदानको कदर गर्दै मलाई उम्मेदवार बनाएको छ, अब हजुरहरुले साथ दिनुस्”, भट्टराईले भन्नुभयो ।

कास्की क्षेत्र नं २ का जनताको भरोसा र विश्वासलाई कहिल्यै डगमगाउन नदिने भन्दै उहाँले सम्पूर्ण जनसमुदायलाई शोकलाई शक्तिमा बदलेर निर्वाचनको अभियानमा सरीक हुन आग्रह गर्नुभयो । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का केन्द्रीय सदस्य भीम कार्कीले पार्टीकी क्षमतावान् र बौद्धिक नेत्री भट्टराई राजनीतिक चेत भएको कुशल उम्मेदवार भएको बताउनुभयो ।

उम्मेदवार व्यवस्थापन समिति संयोजक धनराज आचार्यले अधिकारीको सपना र विश्वास अगाडि बढाउन भट्टराईको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । अनेरास्ववियूका केन्द्रीय नेता रश्मि आचार्यले नेपाली राजनीतिक इतिहासमा अब्बल र समृद्धिका संवाहक अधिकारी गुमाए पनि उहाँको राजीतिक र नेतृत्वदायी गुण अब भट्टराईमा भेटिने जिकिर गर्नुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।