अ’सफलताको बाटोमा देउवा : अ’लपत्र कांग्रेस

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेपाली राजनीतिमा सधै चर्चामा आइरहने दल हो । त्यो भन्दा बढी कांग्रेसमा जो नेतृत्वमा आएपनि उनको कार्यकाल र कार्यशैलीलाइ लिएर झन् चर्चा र विवादमा आउनु त कुनै नौलो कुरै भएन । पार्टीको १३ औं महाधिवेशनबाट पार्टी सभापति भएका शेरबहादुर देउवाको कार्यकाल पनि सफल भन्न मिल्ने खालको छैन ।

पार्टी र संगठन आगामी मंसिरमा १४ मा हुने उपनिर्वाचनको तयारीमा लागेका कारण यो भन्दा अघि कांग्रेसमा नेविसंघको तदर्थ समिति र विभाग गठनको विषयले टुंगो नपाउने भएको छ  । जुन विषयले कांग्रेसभित्र थप असन्तुष्टि बढाउदै लगेको छ ।

आफ्नो ४ बर्षे कार्यकाल सकिन लाग्दा समेत पार्टीको विभिन्न विभाग, पार्टी भातृसंगठनहरुको नेतृत्व चयन तथा १४ औं महाधिवेशनको लागि गर्नुपर्ने धेरै काम असरल्ल छन् । लामो समयपछि बैठक बस्छन तर बिना तयारी बैठक राख्दा नेताहरुविचको असन्तुष्टिका कारण बैठक नै स्थगित हुदै आउनुपरेको छ ।

पार्टी सभापति भइसकेपछि २ महिना भित्र ति विभागहरु गठन हुनुपर्ने भएपनि कार्यकाल सकिन लाग्दा समेत गठन हुन नसक्नुमा नेताहरु नेतृत्वकै कमजोरी भएको नेता प्रदिप पौडेल बताउँछन् । उपनिर्वाचनका बेला महत्वपूर्ण भूमिका हुन सक्ने कांग्रेसका भातृसंगठनहरु अस्तव्यस्त छन् पार्टीको नर्सरी मानिएको नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायतका भातृसंगठनहरु यति बेला उपनिर्वाचनको लागि जिल्ला–जिल्लामा दौडधुपमा हुनुपर्ने हो । तर अहिलेसम्म कतिपय संगठनको विघठित अवस्थामा छ भने केहीको संगठन अपूर्ण छ ।

नेविसंघ भित्रको विवाद पनि अहिले थप चुलदो अवस्थामा छन । नियमित र थप गरिएको समयमा पनि नेविसंघको १२औँ महाधिवेशन हुन नसकेपछि अध्यक्ष नैनसिंह महरले गत माघ २ गते राजीनामा दिएपछि नेविसंघमा तदर्थ समिति गठन गरेर महाधिवेशन गर्ने सहज विकल्प कांग्रेस नेतृत्वलाई थियो । तर, ३२ वर्षमुनिको वा माथिको नेतृत्वको विवादले नै नेविसंघको विषय अलपत्र पर्दै आएको छ । जसले गर्दा कांग्रेस नै कमजोर बन्न पुगेको संघका पूर्व केन्द्रिय सदस्य सुशील भट्ट बताउँछन् ।

सभापति देउवा पक्षधर मानिने सहमहामन्त्री समेत रहेका नेता डा. प्रकाशशरण महतले भने लोकतान्त्रिक पार्टीभित्र सामान्य मदभेद रहनु ठुलो कुरा नभएको भन्दै त्यसलाई मिलाएरै जाने पक्षमा सभापति रहेको दावी गर्छन् ।

कांग्रेसभित्रको आन्तरिक विवादकै कारण आगामी उपनिर्वाचनमा समेत अपेक्षाकृत नतिजा हात पार्न नसक्ने समेत विश्लेषण हुन थालेको छ । तर पटक पटक चेतेको कांग्रेस नेतृत्व प्रभावकारी बन्न भने अझै सकेको छैन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।