देश विकासको महाअ’भियानमा सारथी बन्छु : विद्या भट्टराई

पोखरा । कास्की निर्वाचन क्षेत्र नं– २ मा यही मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवार विद्या भट्टराई अधिकारीले नेकपाले अघि सारेको देश विकासको महाअभियानको आफू सारथी बन्ने बताएकी छिन्।

चुनावी घरदैलोका क्रममा स्वर्गीय रवीन्द्र अधिकारीको गाउँ पोखरा–३३ भरतपोखरी पुगेकी उनले आज तल्लो पुँडिटारमा आयोजित चुनावी कोणसभामा पार्टी र सरकारको अभियानमा आपूm समर्पित रहने प्रतिबद्धता व्यक्त गरिन् ।

पोखराको समग्र विकासमा रवीन्द्रको ठूलो योगदान रहेको चर्चा गर्दै उनले रवीन्द्रको नेतृत्वमा अघि बढेका कयौं योजनाको कार्यान्वयन भइरहेका छन्, कयौं अझै बाँकी छन्, ती सबै योजना पूरा गर्नका लागि पार्टीले उम्मेदवार बनाएको हो ती अधुरा योजना पूरा गर्छु भनिन् ।

नेकपा कास्कीका अध्यक्ष एवं निर्वाचन परिचालन समितिका संयोजक कृष्ण थापाले उच्च उत्साहका साथ आफूहरु चुनावमा होमिएको भन्दै रवीन्द्रको नेतृत्वमा नेकपाले अघिल्लो चुनावमा सार्वजनिक गरिएको घोषणापत्र पूरा गर्न प्रतिबद्ध रहेको बताए।

प्रदेशसभा सदस्यसमेत रहेका थापाले आफू पनि भरतपोखरी क्षेत्रको जनप्रतिनिधि भएको बताउँदै अव विद्यासँग सहकार्य गरेर विकासको मूल फुटाउँदै समृद्धिको यात्रामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

पोखरा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्य, युवा नेता रश्मी आचार्य, नेकपा पोखरा ३३ का वडाध्यक्ष गुरुप्रसाद क्रान्तिकारी, सचिव गोपाल पुनले नेकपाको नेतृत्वमा समृद्धिकोयात्रा पूरा गर्न विद्यालाई जिताउनुपर्नेमा जोड दिएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।