काँग्रेसलाई नेकपाकी उम्मेद्वार विमलाको जवाफ,- बिधवा भनेर न’हेप्नुस, महिलाको इज्जत गर्न सिक्नुस्

गणेश आचार्य, दाङ । दाङ क्षेत्र नम्वर ३ (ख) बाट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कि उम्मेद्वार विमला वलीले एकल महिलाको मानमर्दन नगर्न काँग्रेस नेताहरुलाई चेतावनी दिनुभएको छ । भ्युडर सुनपुरमा आज भएको चुनावी टोल सभालाई सम्बोधन गर्दै उम्मेद्वार वलीले आफूलाई बिधवा भनेर नहेप्न कांग्रेस नेताहरुलाइृ चुनौती दिनुभएको हो ।

‘कांग्रेसका केही नेताले मेरो सेतो साडीमाथि प्रश्न उठाउँदै अपमान गरेको भन्ने सुनेको छु,’ उम्मेद्वार वलीले भन्नुभयो, ‘त्यो अपमान मेरो मात्रै होइन, सबै एकल महिलाको मानमर्दन हो ।’

नेपाली काँग्रेस दाङका सचिव शंकर डाँगीले यसअघि नेकपा उम्मेद्वार वलीलाई सेतो साडी लगाएर भोट मागेको भन्दै सार्वजनिक रुपमा आक्षेप लगाउनु भएको थियो । मतदाता कांग्रेसतिर आकर्षित नभएपछि डाँगी ब्यक्तिगत आक्षेपमा उत्रिएपछि वलीले आज जवाफ फर्काउनु भएको हो ।

चुनावी सभालाई सम्बोधन गर्दै वलीले बिधवा हुनु अपराध वा कुनै पाप नभएको भन्दै आफूले सामाजिक संस्कार अनुसार श्रीमानको निधन पश्चात सेतो बस्त्र पहिरिएको बताउनु भयो । ‘मैले रहरले सेतो साडी लगाएकी होइन,’ वलीले भन्नुभयो, ‘हाम्रो सामाजिक संस्कार जोगाउन सेतो बस्त्र लगाएकी हुँ ।’

महिलाको अपमान गर्ने अधिकार कसैलाई नभएको भन्दै उहाँले महिलाको इज्जत गर्न सिक्न काँग्रेस नेताहरुलाई सुझाव दिनुभयो । महिलाले केही गर्न सक्दैनन भन्ने भ्रम त्याग्न समेत उहाँले आग्रह गर्नुभयो । उहाँले आफू कसैबिरुद्ध नबोल्ने भन्दै भाषणमा भन्दा विकासमा जोड दिने बताउनुभयो ।

चुनावी सभालाई नेकपाका केन्द्रीय सदस्य दामा शर्मा, दाङ अध्यक्ष टिकाराम खड्का, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घणश्याम पाण्डे लगायतले सम्बोधन गर्नुभएको थियोे । उहाँहरुले बिकाशका लागि नेकपाकी उम्मेद्वार वलीलाई जिताउन अपिल गर्नुभएको थियो । जनताटाईम्स



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।