महिलालाई देशको प्रमुख जिम्मेवारी दिने पार्टी नेकपा मात्र : प्रचण्ड

पोखरा, ११ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिलालाई देशको प्रमुख जिम्मेवारी दिने पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मात्र भएको बताउनुभएको छ ।

कास्की–२ को चुनावी सभालाई आज पोखरामा सम्बोधन गर्दै पुर्व प्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डले राष्ट्रपति, सभामुख प्रधानन्यायाधीश सिफारिस गर्ने पार्टी नेकपा मात्र भएको बताउनुभयो ।

राष्ट्रपतिमा, प्रधानन्यायाधीशमा, सभामुखमा तथा उम्मेदवारमा महिला सिफारिस गर्ने पार्टी नेकपा भएको चर्चा गर्दै अब दलित, आदिवासी, जनजातिबाट कोही प्रधानमन्त्री बन्छ, भने नेकपाकै प्रस्तावमा बन्ने दाबी गर्नुभयो ।

उहाँले कास्की–२ मा विद्या भट्टराई महिला र दिवङ्गत रवीन्द्र अधिकारीकी पत्नी भएकैले मात्रै उमेदवार नबनाइएको प्रष्टपार्दै भट्टराईको नेपाली कम्युनिष्ट आन्दोलनको सैद्धान्तिक उतार–चढावमा विद्या भट्टराईको अविच्छन्न योगदान रहेकाले उमेदवार बन्न योग्य रहेको बताउनुभयो ।

उहाँले विद्या भट्टराईजस्तो प्रखर, महिला नेतृत्व पाउनुमा कास्की क्षेत्र नं. २ का जनताले गौरव गर्नुपर्ने समेत बताउनुभयो । प्रचण्डले नेकपाको सरकारले पाँच बर्ष भित्रमा जनताले विकासको प्रत्यक्ष अनुभुती हुनेगरी काम गर्ने समेत दाबी गर्नुभयो ।

अध्यक्ष प्रचण्डले भारतसँगको सीमा विवादमा विपक्षी दलका नेता शेरबहादुर देउवाले झुट बोलेको बताउदै यसरी नै झुट बोले नेपाली कांग्रेस भन्ने पार्टी पनि थियो भन्ने किम्बदन्ती बन्ने अवस्था आउन सक्ने बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।