तीन ठाउँमा नेकपा सानदार विजयी

काठमाडौँ, १४ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज भएको उपनिर्वाचनमा आफ्नो शानदार विजयीलाई उल्लासमय तवरले शुरु गरेको छ ।

जसमा हालसम्म तीन ठाउँमा विजयी भइसकेको छ । जसमा सल्यान, कुमाख गाउँपालिका वडा नं. ५ मा भएको निर्वाचनमा कूल मत संख्या ११२४ रहेकोमा सूर्य ७९२ विजयी भएको छ भने प्रतिपक्षी दल नेपाली कांग्रेसले २५१ मत मात्र प्राप्त गर्न सफल भएको छ । त्यस्तै राप्रपाले २१ मत प्राप्त गरेको छ भने बदर ६० मत रहेको छ ।

यसै क्रममा कञ्चनपुरको पुनर्वास नपा वडा न ३ मा नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ खसेको मतको ५० प्रतिशत भन्दा माथि मत ल्याइ बिजयी हुनु भएको छ । पुनर्वास नगरपालिका वाडनं. ३ कंचनपुर, जम्मा मतदाता – ११९९, खसेको मत- ९२४ (म ५३४, पु. ३९०), सदर मत- ९२०, बदर मत- ४, सुर्य ५२८ (कृष्ण बहादुर तामाङ) विजयी, रूख ३१० (दीप बहादुर तामाङ), हात ७५ (भीम तामाङ ), गाई ७ (पदम शाही) प्राप्त गर्नुभएको हो ।

त्यस्तै रोल्पाको थवाङ गाउँपालिका वडा नं. १ मा वडाध्यक्ष नेकपाका उमेदवार जनक बहादुर बुढाले १७४ मत ल्याएर बिजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका कलम रोकाले २६ मत ल्याउनुभएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।