पानीको फोका झै भयो रवीन्द्र मिश्रको साझा

काठमाडौं, १५ मंसिर । कुनैबेला साझा पार्टी विवेकशील पार्टीसँग मिलेपछि शहरी क्षेत्रमा निकै चर्चामा पुग्यो । रवीन्द्र मिश्रले प्रतिनिधिसभा चुनावमा नेपाली काँग्रेसका प्रकाशमान सिंहलाई कडा चुनौती पनि दिए । तर, अहिले उपनिर्वाचनसम्म आइपुग्दा विवेकशील साझा पार्टी विभाजित भइसकेको छ ।

पत्रकारिताबाट सामाजिक अभियन्ता बन्दै राजनीतिमा पाइला राखेका रवीन्द्रको दल साझालाई कतिपयले ‘पानीको फोका’ भने । उनलाई कम आँक्न नहुने भन्नेहरु पनि थिए । तर, संसदीय चुनाव भएको दुई वर्ष बित्न नपाई साझा निकै खुम्चिएको छ ।

देशका विभिन्न स्थानमा उम्मेदवार खडा गरेको साझाले पोखरामा रजनी केसीलाई चुनावी मैदानमा उतार्यो । नेकपाकी विद्या भट्टराई पाँच हजार मत कटाइसक्दा केसीले सय मत पनि पाउन सकेकी छैनन् ।

विवेकशीलकी जमुना शर्माको १० मत पनि कटेको छैन । यी परिणामहरुले साझा र विवेकशील काठमाडौंमा मात्र खुम्चिएको र त्यो पनि कमजोर अवस्थामा पुगिसकेको देखाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।