श्रीमानको नि’धनपछि राजनीतिमा उदय भएका विद्या भण्डारी र विद्या भट्टराई

काठमाडौं । विद्या भण्डारी अहिले राष्ट्रपति छिन् । राष्ट्रपतिमा यो उनको दोस्रो कार्यकाल हो । संवैधानिक राष्ट्रपति भए पनि फाट्टफुट रूपमा उनले ‘कार्यकारी राष्ट्रपति’ को हैसियतमा काम गरिरहेको देखिएको छ ।

तत्कालीन एमालेको केन्द्रीय सदस्य हुँदै उपाध्यक्षसमेत भइसकेकी भण्डारीको राजनीतिमा उदय उपनिर्वाचनबाटै भएको थियो । पति मदन भण्डारीको जीप दु र्घटनामा चितवनको दासढुंगामा नि धन भएपछि काठमाडौं–१ मा भएको उपनिर्वाचनमा भण्डारी उम्मेदवार बनेकी थिइन् ।

श्रीमान्कै निर्वाचन क्षेत्रमा उठेकी उनले कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईले हराएकी थिइन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईलाई पराजित गरी प्रतिनिधिसभामा प्रवेश गर्न सफल भएकी भण्डारीलाई जिताउन त्यसबेला कांग्रेसमा अ न्तर्घात व्यापक भएको थियो । काठमाडौंवासीले पनि विधवा महिलालाई सहानुभूति प्रकट गर्दै मत दिएर सांसद बनाइदिए ।

अहिले कास्की २ मा मतगणना भइरहेको छ । मतगणना मध्यम अवस्थासम्म पुगिसकेको छ । मतगणनाअनुसार कास्की २ मा नेकपाकी उम्मेदवार विद्या भट्टराईले प्रतिस्पर्धी कांग्रेस उम्मेदवार खेमराज पौडेललाई सात हजारभन्दा बढी मतले पछि पारेकी छन् । अहिलेकै रेसियोमा अग्रता हासिल गर्दै गएमा उनले धेरै मतअन्तरले चुनाव जित्ने निश्चित छ ।

नेपालको राजनीतिक इतिहासमा अर्की विद्या भट्टराई उपनिर्वाचनबाटै संसद् प्रवेश गर्न लागेकी हुन् । उनी पनि आफ्ना श्रीमान्को निधनपछि उनको चुनाव क्षेत्रबाट उम्मेदवार भएर सांसद बन्न लागेकी हुन् । संयोग नै मान्नुपर्छ विद्या भण्डारी र विद्या भट्टराईको नियति एउटै देखिएको छ । दुवै नेकपा (एमाले र माओवादी एकतापछि) बाट राजनीति गर्दै आएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।