काँस्की-२ मा नेकपाकी विद्या भट्टराई विजयी

पोखरा । कास्की २ को उपचुनावमा सत्तारूढ नेकपाकी विद्या भट्टराई विजयी बनेकी छिन् । प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका खेमराज पौडेललाई ८ हजार बढी मतान्तरसहित पराजित गर्दै उनले विजयी हासिल गरेकी हुन् ।

शनिबार राति १०: ३० बजेदेखि सुरु भएको मतगणना राजनैतिक दलहरुबीच शिलबन्दी रुजुको विषयमा विवाद भएपछि १:४० मा मात्रै सुरु भएको थियो । यसअघिको निर्वाचनमा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीले उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतान्तरले पराजित गरेका थिए । जितसँगै नेकपाले कास्की २ मा आफ्नो किल्ला कायम राख्न सफल भएको छ ।

विजयी भएसँगै विद्यालाई प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका उम्मेदवार खेमराज पौडेलले खादा ओढाएर बधाई दिएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।