विद्याले भनिन्,- यो रवीन्द्र अधिकारीको जीत हो
पोखरा । कास्की २ मा नेपाल कम्युनिष्ट पार्टी नेकपाकी उम्मेदवार विद्या भट्टराईले प्रतिनिधिसभा सदस्यको चुनाव जितिन्। उनले आफू निर्वाचित भएपछि यो जीत रवीन्द्र अधिकारीको जीत भएको बताइन्।
स्व र्गीय रवीन्द्र अधिकारीकी धर्मपत्नी रहेकी विद्याले अब रवीन्द्र अधिकारीको सपना पूरा गर्ने पनि बताएकी छन्। उनले चुनावमा भोट माग्दा पनि रवीन्द्रको अधुरो सपना पूरा गर्छु भनेकी थिइन्। ‘यो जीत जनताको हो, सम्पूर्ण न्यायपूर्ण जनताको र रवीन्द्र अधिकारीको जीत हो’, जीतपछि उनले भनिन्, ‘म जसरी मत माग्न जनताकहाँ गएको थिएँ, त्यसरी नै म मतदाताकहाँ जान्छु र कार्ययोजना बनाएर काम गर्छु।
रवीन्द्रजीको सपना अवश्य पूरा गर्नेछु।’ उनले आफूलाई जिताएकोमा मतदातालाई धन्यवाद दिँदै भनिन् ुरवीन्द्र अधिकारीप्रति धन्यवाद ज्ञापन गर्न चाहन्छु, यो रवीन्द्र अधिकारीको जीत हो,’ उनले भनिन्।


