कांग्रेस कहाँ छ ? – ओली र प्रचण्डको घर गाउँमा ! (भिडियो सहित)

मङ्सिर १६,काठमाडौं । नेपाली कांग्रेसले आफूले नेकपाको ग’ढ भत्काएर विजयी हासिल गरेको बताएको छ । सानेपास्थित पार्टी कार्यालयमा सोमबार पत्रकार सम्मेलन गरेर कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसले नेकपाको गढ भत्काएर आफ्नो पार्टीले जित निकालेको बताएका हुन् ।

कांग्रेस कहाँ छ भनेर प्रश्न गर्नेका लागि भन्दै उनले जवाफ पनि फर्काएका छन् । उनले भनेका छन्, ‘कांग्रेस कहाँ छ भन्नेहरुलाई केपी ओली घरमा छ भन्छु, प्रचण्डको गाउँमा छ भन्छु ।’

यसैबीच, सोमबार नै सानेपामा आयोजित कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनमा धाँधली भएको आरोप लगाएका छन् । प्रहरी प्रशासन निष्पक्ष नरहेको भन्दै उनले भने, “पोखरामा कांग्रेसले जित्ने ठाउँमा ब म प ढ्काएर ष ड्यन्त्र गरियो । प्रहरीको सरूवा गरियो । प्रहरी निष्पक्ष नहुँदाको बाबजुद पनि भक्तपुर धरान र चितवनमा जितेका छौं ।“



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।