भु कम्प प्र तिरोधी भवन निर्माण सम्बन्धी एक हप्ते तालिम सुरु

प्रभा श्रेष्ठ,कुश्मा । नेपाल भूकम्पीय जोखिमका दृष्टिकोणले अत्यन्तै संबेदनशील क्षेत्रमा पर्ने र विगतका भूकम्पहरुको विनाशलाई केलाएर हेर्दा भूकम्पद्वारा हुने क्षति विशेष गरी शहरी क्षेत्र वा घना बस्ती भएका क्षेत्रहरुमा केन्द्रित भएको पाइने र यस्को प्रमुख कारण अव्यवस्थित शहरी विकास एवं कमजोर घर तथा संरचनाहरुको निर्माण भएको देखिएकोले भूकम्पीय सुरक्षा अभिवृद्धिका लागि शहरी विकासको प्रकृया एवं घर तथा संरचनाहरुको निर्माणमा भूकम्पीय सुरक्षाको अवधारणालाई समाहित गर्नका लागि नगरपालिकाद्धारा गरिने राष्ट्रिय भवन संहिता कार्यन्वयन कार्यलाई सघाउनेमध्येको एक कार्यको रुपमा “दरो घर दिगो बस्ती” कार्यक्रम कार्यन्वयनका लागि पर्बतको कुश्मा नगरपालिकामा प्राबिधिक ज्ञान दिलाउने अभिप्रायले भूकम्पप्रबिधि राष्ट्रिय समाज-नेपाल (एनसेट) को प्राबिधिक सहयोगमा एक हप्ते डकर्मी तालिमको शुरु गरिएको छ ।

 

कार्यक्रमको उदघाटन नगरपालिकाको उप मेयर सिता कुमारी काफ्लेले गर्नु भएको थियो । उदघाटनको क्रममा उप मेयर काफ्लेले वरिष्ठ स्ट्रक्चरल इन्जिनियर रामकुमार श्रेष्ठको अथक प्रयाशका कारण नगरपालिकामा शुरु भएको यस कार्यक्रमले सहभागीहरुलाई व्याबहारिक रुपमा भूकम्प प्रतिरोधी भवन निर्माणसम्बन्धी ज्ञान दिलाउने भएकोले नगरपालिकाका सबै वडाहरुबाट सहभागी हुने गरी आएका सहभागीहरुका कारण आगामी दिनमा नगरपालिकाभित्र भूकम्प प्रतिरोधी भवनहरुको निर्माणमा यो तालिमले महत्वपूर्ण योगदान दिने कुरामा आफू आशाबादी भएको बताउँदै सहभागीहरुलाई यो अबसरको राम्ररी सदुपयोग गर्न आग्रह गर्नु भयो ।

वरिष्ठ स्ट्रक्चरल इन्जिनियर रामकुमार श्रेष्ठले यस तालिमका कारण प्राप्त हुने भूकम्प प्रतिरोधी भवनहरुको निर्माणको व्याबहारिक ज्ञान र सीपका कारण नगरपालिकाभित्र त्यस किसिमका भवनहरुको निर्माणका संभावना बढ्ने भएकोले भबिस्यमा हुने बिगतका जस्ता भूकम्पका कारण नगरपालिकाभित्र हुने धन जनको क्षति न्यूनिकरण हुने बताउँदै विकसित देशमा जनताको सुरक्षाको बिषयलाई कसरी उच्च प्राथमिकता दिइन्छ भन्ने कुराका केही उदाहरण पेश गर्नु भयो ।

सबै वडाबाट सहभागिता जनाइएको उक्त तालिममा करीब तीन दर्जन डकर्मीहरु सहभागी छन र प्रत्येक दिन सैद्धान्तिकका साथसाथै व्याबहारिक ज्ञान दिलाइन्छ ।

नगरपालिकाका प्रशासकिय अधिकृत ध्रुबराज पौडेलद्धारा स्वागत मन्तब्य ब्यक्त गरिएको र नगरपालिकाका अधिकृत चक्रपाणी सुबेदीद्धारा उदघोषण गरिएको उक्त कार्यक्रममा भूकम्पप्रबिधि राष्ट्रिय समाज-नेपाल (एनसेट) का इन्जिनियरद्धय दर्शन मल्ल र कपिल रिजाल, नगरपालिकाका महिला विकास अधिकृत चेत कुमारी शर्मा। नगरपालिकाका इन्जिनियर सञ्जय लामिछानेको उपस्थिति थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।