‘राजासँग न’डाराएको कांग्रेस केपी सरकारसँग ड’राउने कुरै भएन’ (भिडियो सहित)

हिन्दु राष्ट्र बनाउने कुरा जनमत संग्रहबाट हो, कांग्रेस धार्मिक स्वन्तत्रताको पक्षमा रहन्छ

तेजन खड्का, मोरङ । नेपाली काङ्ग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले कम्युनिष्ट सरकारलाई दुई तिहाई दम्भ त्याग्न आग्रह गरेका छन् ।

मोरङको पथरी शनिश्चरेमा जि.पि. कोइराला अध्ययन केन्द्रको आयोजनामा भएको “नेपालको संविधान कार्यान्वयनमा नेपाली कांग्रेसको भुमिका” विषयक आम सभामा बोल्दै उनले दुई तिहाईको सरकार भएपनि जनताको मनमा बस्ने गरिको कुनै काम गर्न नसकेको आरोप लगाए ।

‘यो सरकारले के नयाँ योजना तर्जुमा गरेको छ, एउटा योजना देखाईदिनुहोस, दुई तिहाईको दम्भ भएको सरकारले एउटा पनि राष्ट्रीय स्तरको योजना तर्जुमा गर्न सक्या छैन, बरु कांग्रेसले २०÷२५ बर्ष शासन गर्दा धेरै परिवर्तन ल्याएको छ । कोईरालले भने,‘ २०४८ देखी ०५१ साल सम्मको गिरीजाप्रसाद कोईरालाको सरकारलाई स्वर्ण युग भन्न सकिन्छ ।’

सञ्चार माध्यमको विकाससँगै जनताको हातमा मोवाईल छ त्यो व्यवस्था कस्ले दियो, गिरीजाबाबुको सरकारले दियो एउटा मात्र विश्वविद्यालय थियो, आज १२ बटा विश्वविद्यालय छ,कस्ले बनायो कांग्रेसले बनायो, उनले भने‘ एउटा मात्र मेडिकल कलेज थियो आज २० बटा मेडिकल कलेज भएको सबै कांग्रेसले गर्दा भएको हो । म डाक्टर मान्छे मेले पढेर आउँदा मेरो रजिष्टेसन नम्बर ४७ सालमा ९४९ थियो, एक हजार डाक्टर थिएनन्, आजको मितिमा ४० हजार डाक्टर छन्,कस्ले दियो नेपाली कांग्रेसले दियो ।

गिरीजाप्रसाद कोईराला प्रधानमन्त्री हुँदा ७ हजार किलोमिटर मात्र पिच थियो,आज ९० हजार बाटो पिच भएको छ , उनले भने‘ यस्तो युगान्तकारी परिवर्तन ल्याउने कांग्रेस आज पछि पर्नु परेको छ ।

कांग्रेस कम्युनिष्टको कारण नभई आफ्नै कारणले पछि परेको उनले बताए । ‘हामी भित्रको मनमुटाप र तिक्तता त्याग्न सक्यौ भने कांग्रेसलाई कसैले हराउन सक्दैन, उनले भने ।

सरकारले हावादारी पानी जहाज र रेलको कुरा ल्याएको भन्दै खेति योग्य जमीन हराबरा बनाउने र सिचाईको योजना बिर्शिएको बताए । खेतियोग्य जमिन बाझो छ, उब्जनी छैन, युवाहरु विदेश छन्, निर्यात गर्ने कुरा केहि छैन,हाम्रो सरकार रेलको र पानी जहाँजको सपना देखाउनुहुन्छ, यो सपना अब जनताले पत्याउनेबाला छैनन्,उनले भने,यस्तो हावादारी गफ अब नदिए हुन्छ ।

नेपाललाई हिन्दु राष्ट्र बनाउने कुरा कुनै पार्टीको एजेण्डा नभई जनमत संग्रहबाट हुनु पर्ने उनको भनाई थियो । मलाई साथीहरुले हिन्दु राष्ट्रको कुराबारे सोध्नुहुन्छ, यो बिषयमा मैले डिसिजन दिने होईन्, उनले भने‘ कांग्रेसको चार मध्ये एक तारा धार्मिक स्वतन्त्रता हो । धर्म भनेको स्वन्तत्र हुनुपर्छ ।

नेपाली काङ्ग्रेस एकताबद्ध भएर अघि बढे आगामी निर्वाचनमा काङ्ग्रेसलाई कसैले पराजित गर्न नसक्ने उनको दाबी थियो । काङ्ग्रेसलाई एक बनाएर लानुको विकल्प नभएको उनको भनाई थियो ।

महामन्त्री डा. कोइरालाले पार्टीलाई मिलाएर लैजान आफू सक्रिय रहेको बताउँदै उनले भने‘पार्टीलाई एकताबद्ध बनाएर लैजान सके काङ्ग्रेसलाई कसैले जित्न सक्दैन, काङ्ग्रेस फेरि ठूलो पार्टी हुन्छ ।’

पूर्व मन्त्री एवं काङ्ग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले सरकार संविधानका बुँदा कमजोर बनाउन लागि रहेको आरोप लगाए उनले भने,‘सरकारले दुई तिहाई पाए पनि जनताले न्याय पाउन सकेका छैनन ।’ रिजालले कोहलपुरमा विद्यार्थी माथि सरकारले दमन गरेको भन्दै सरकारको आलोचना गरे ।

जीपी कोइराला अध्ययन केन्द्र मोरङका अध्यक्ष सुविन पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे, प्रदेश नं १ मा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक सांसद केदार कार्की, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली , महासमिति सदस्य डा. सुनील शर्मा लगायतले बोलेका थिए । कार्यक्रममा नेकपा र अन्य पार्टी परित्याग गरि २ दर्जन भन्दा बढी कार्यकर्ता काँग्रेस प्रबेश गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।