सभामुखका लागि ओली र प्रचण्डको आ-आफ्नै अ’डान, ओलीले सुवास र प्रचण्डले अग्निको नाम अघि सारे

काठमाडौं । संसदको हिउँदे अधिवेशन अगावै उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने निश्चित भएको छ । सभामुख र उपसभामुख एउटै दलको हुन नपाउने संवैधानिक व्यवस्थाका कारण उपसभामुख तुम्बाहाम्फेले राजीनामा गरेर सभामुखको चुनावमा नेकपाको दाबेदारी सम्भव बनाउने भएकी हुन् ।

नेकपाबाट सभामुखको दौडधूपले अन्तिम रुप लिएको छ । सभामुखका लागि नेकपामा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई समर्थन गरेका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार नेम्वाङसँग अनुभव भएकाले उनलाई बनाउनुपर्ने पक्षमा ओली देखिएका छन् ।

नेकपाका अर्का अध्यक्ष प्रचण्डले आफूले चाहेकोलाई सभामुख बनाउने अडान लिएका छन् । उनले अग्नि सापकोटालाई छानेको बुझिएको छ । सापकोटासँग मन्त्री भइसकेको र माओवादी मूलधारको राजनीतिमा आएपछि चुनाव नहारेको इतिहास छ । सिन्धुपाल्चोक जिल्लामा बलियो पकड भएका उनी प्रचण्डका विश्वासपात्र पनि हुन् ।

नेम्वाङ र सापकोटा प्रमुख दाबेदार देखिएपछि ओली र प्रचण्ड बसेर टुंगो लगाउने भएका छन् । एमाले र माओवादी मिल्नुअघि माओवादीको भागमा सभामुख पद परेको थियो । त्यसैका आधारमा प्रचण्ड पक्षधरले सभामुख आफूहरुले पाउनुपर्ने दाबी गर्दै आएका छन् । ओली पक्षधरले भने एकीकरण भइसकेकाले यो या त्यो पक्ष भन्न नहुने अडान लिइरहेका छन् ।

कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । नेकपाको बहुमत रहेकाले उसैले सभामुख जित्ने निश्चितप्रायः छ । तर, अन्य दलले पनि दाबी गरिरहेका छन् । राजपा नेता महन्थ ठाकुरको पनि दाबी गरेको छ । तर, नेकपाले नै सभामुख लिने निश्चित भएकाले नामको टुंगो आउँदो हप्ताभित्र लागिसक्ने बुझिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।