भारतको हे पाहा प्रवृति वि रुद्ध ‘मह’ जोडीले दिए आत्म निर्भर हुने यस्तो उपाय

काठमाडौ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले छिमेकी देशहरुको हेपाहा प्रवृति विरुद्द ठुलो स्वरमा बोल्न नसके पनि अहिले सुरुवातमा आफु आत्म निर्भर भएर लड्ने उपाय सार्वजनिक गरेका छन। सामाजिक संजालमा ६ बुँदा सहित आफु सुरुमा बिस्तारि आत्मनिर्भर भएर मात्र लड्न सकिने भन्दै १०० दिन नेपालका लागी भन्दै आफ्नो धारणा व्यक्त गरेका छन् ।

सधै हामी कमजोर भएका कारण हेपाई सहनु पर्ने भएको तर यस पटक आफ्नो सिमाना भारतले मिच्दा समेत चुप लागेर बस्नु पर्ने अवस्था आएकोले गर्दा आत्मनिर्भर हुनुपर्ने उपाय मह जोडीले निकालेको बताएका छन् । १०० दिन सम्म हरेक नेपाली ले नेपाल को लागि दिएमा आत्मनिर्भर हुन सकिने कुरा उल्लेख गरेका छन् ।

मंगलबार साँझ हरिवंश आचार्यले केही सन्देशहरुसहित उक्त अभियानको घोषणा गरेका हुन् । आचार्यले मह जोडीको तस्बिरसहित केही महत्वपूर्ण सन्देशहरु सार्वजनिक गर्दै यसलाई कम्तिमा सय दिनका लागि पछ्याउन आह्वा नगरेका छन। ‘आजैदेखि न्यूनतम सय दिनको लागि यो अभियानमा सहभागी बनौँ । सोच बदलौँ । देश बदलौँ, यस्तो छ मह जोडीको सन्देश-

याद गरौँ – हामी गरिब छौँ । तर लाचार होईनौँ। हामी कमजोर छौँ। तर कायर होईनौँ। जसरी ५१ स्वर्ण जित्दा हाम्रो छाती गर्वले फुल्छ। सुस्ता र कालापानीमा हाम्रो सीमा मिचिँदा हाम्रो छाती कुँडिनु पर्छ । बिदेशको हेपाहा प्रवृति बि’रुध्द हामी सामान्य नागरिक सीमामा गएर उभिन नसकौँला तर यो आक्रोशलाई शक्तिमा बदल्दै हामीले आत्म सम्मानको लडाँई लड्नुपर्छ।

1. आजै देखि induction चुल्हो, electric केट्लि र electric geyser को प्रयोग बिस्तारै बढाऔँ। बिद्युतमा आत्म निर्भर हुँदै पेट्रोलियम पदार्थमा भारत माथि निर्भर हुन छाडौँ। बिद्युतीय उपकरणको प्रयोग फाईदा जनक पनि छ। 2. बिदेसी चलचित्रहरु पैसा र समय खर्च गरि गरि नहेरौँ। त्यसले तपाँईको वा तपाँईको सन्तानको ब्यक्तित्व बिकास हुने पनि होईन। सोहि रकम जोहो गरि आफ्नो शहर बजार वरिपरिका रमणीय स्थलमा वनभोज जाऔँ। आन्तरिक पर्यटन प्रवर्द्धन गरौँ। वा खेलकुद प्रतियोगिताहरु (शहिद स्मारक लिग, पोखरा प्रीमियर लिग आदि) अवलोकन गरि नेपाली खेलाडिहरुको हौसला बढाऔँ। ‘सलमान खान’ हरु सँग होईन आफ्नाे परिवार र प्रियजनहरुसँग समय बिताऔँ। खुशी साटौँ।

3. बिदेसी उत्पादनहरुको खपत घटाऔँ । ‘पार्ली जी’ को सट्टा ‘नेबिको’, ‘म्यागी’ को सट्टा ‘रारा’ र स्याम्पु, दन्त मंजन् लगायत विलासी सामग्री सके सम्म स्वदेशी, नभए अन्य मित्र राष्ट्रका प्रयोग गरौँ। महँगो भए मितव्ययी होऔँ। लहराँउदो केश, टल्किएको दाँत र बासना आउने शरिर – निहुरिएको शिर भन्दा महत्वपूर्ण हुँदैन। 4. आफ्नो आँगन वा कौशीहरुमा सानै परिमाणमा भएपनि तरकारिजन्य खेती गरौँ। लाखौँ घर परिवार यो अभि’यानमा जोडियौँ भने करोडौँ रुपैयाँ जोगिन्छ । तरकारि खेतीले तपाँईको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पनि पार्नेछ।

5. हामीले घर बसेरै गर्न सक्ने यी कुराहरु गर्र्यौँ भने हाम्रै अर्थतन्त्रमा सकारात्मक योग’दान गर्न सक्नेछौँ । बिदेसिलाई सोच्न बाध्य बनाउन सक्नेछौँ। हामीले दूख गरि कमाएको पैसा वा हाम्रा आफन्त जनले बिदेशमा र’गत पसिना बगाई नेपाल पठाएको पैसा पुनः बिदेश मै जान रोक्न सक्नेछौँ। बिदेशीएका लाखौँ आफन्तजन र आफ्ना दूखहरु सम्झिऔँ। कफिनमा फर्किएका लाशहरु प्रति वफादार होऔँ। 6. आजै देखि न्यूनतम सय दिनको लागि यो अभियानमा सहभागी बनौँ। सोच बदलौँ। देश बदलौँ। गरिब होईन धनी बनौँ। कमजोर होईन शक्तिशाली बनौँ। किनकि याद गरौँ – हामी गरिब छौँ लाचार हौईनौ। कमजोर छौँ तर कायर होइनौ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।