काठमाण्डौमा कतार जाने जहाजमा चरो ठो क्किएपछि भयो यस्तो
काठमाडौं : काठमाडौंबाट दोहाका लागि उड्न लागेकफ कतार एयरवेजको जहाजमा चरो ठोक्किएको छ।
त्रिभुवन विमानस्थलबाट शुक्रबार राति ९ बजे उड्ने तयारीमा रहेको कतार एयरवेजको उडान नम्बर क्युआर ६५१ को जहाजमा चरा ठोक्किएपछि उडान रद्द भएको हो।
धावनमार्गमा रहेको जहाजमा चराले हानेपछि मर्मतका लागि भन्दै उडान रद्द गरेर यात्रुलाई फर्काइएको हो। चरा ठोक्किएपछि भएको क्षतिबारे विस्तृत जानकारी आएको छैन।


