२ लाख घु स लिएको अ भियोगमा कांग्रेसका वडाध्यक्ष प क्राउ

काठमाडाैं ।  स्थानीय जनप्रतिनिधिको हैसियतमा सेवाग्राहीलाई सहजै सेवा प्रवाह नगरी घुस लिने वडाध्यक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।

नवलपरासीको रामग्राम नगरपालिका–१८ का वडाध्यक्ष गोपाल डिस्वा मगरले लेखनदास रविन्द्रप्रसाद यादवको सहयोगमा नाता, घर÷गोठ प्रमाणित तथा औषधोपचारको सिफारिश गर्ने क्रममा सेवाग्राहीसँग रु दुई लाख घुस लिएको आयोगको अभियोग छ ।

 

वडाध्यक्षले लिएको रकमको रसिद माग्दा नदिएको भन्ने उजुरी तथा अध्ययनका क्रममा सङ्कलन गरिएको प्रमाणको आधारमा आयोगको टोलीले वडाध्यक्ष मगरलाई सोही वडास्थित होली चाइल्ड स्कुल र लेखनदास यादवलाई मालपोत कार्यालय नजिकबाट नियन्त्रणमा लिएको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै आयोगले शिक्षक भर्नामा अनियमितता, विज्ञान सामग्री खरिद तथा भवन निर्माणको रकम हिनामिना गरेको आरोपमा श्रीहाजी ऐनायतुल्लाह सामुदायिक उच्च माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जलामुद्दिन खाँ, तत्कालीन विज्ञान शिक्षक महुमद आलम खाँ तथा पूर्वप्रअ श्रीकान्त दुवेविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

विज्ञान सामग्री खरिदका लागि जिल्ला शिक्षा कार्यालय रुपन्देहीबाट आव २०७२÷०७३ मा विनियोजन भएको रु छ लाख ५० हजारबाट खरिद गरिएकोमध्ये रु दुई लाख ८२ हजार २८४ बराबरको सामग्री विद्यालयमा नभेटिएको आयोगको अनुसन्धानबाट खुलेको प्रवक्ता कोइरालाले जानकारी दिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।