रवि लामिछाने मेरो सोल्टी हो भन्दै ठ गी गर्नेको प र्दाफास,प्रधानमन्त्रीको रिट्वीट प्र करण : ह्या क भयो कि सचिवालयको ग ल्ती ?

काठमाडौं । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४७२ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

१. प्रधानमन्त्रीको रिट्वीट प्रकरण : ह्याक भयो कि सचिवालयको गल्ती ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ट्वीटर ह्याण्डललाई लिएर यतिबेला भारतीय सञ्चारमाध्यमले विभिन्न टिकाटिप्पणी गरेका छन् ।

भारतमा जारी नागरिक ऐनको विरोधमा भइरहेको प्रदर्शनलाई लिएर प्रधानमन्त्री ओलीको ट्वीटरबाट रिट्वीट भएसँगै भारतीय सञ्चारमाध्यमले प्रश्न उठाएका हुन् ।

भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले नागरिकता विधेयकका सम्बन्धमा सार्वजनिक गरेको एक भिडियो सन्देश नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक ह्याण्डलबाट शुक्रबार साँझ रिट्वीट भएको थियो ।

२. नाता प्रमाणितको सिफारिस बनाउन आनाकानी गर्दै वडा अध्यक्ष !

अर्घखाँची । अर्घखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १२ की स्थानीय सुमिता कुँवर र राजेन्द्र कुँवरको छोरा जन्मिएपछि नवजात छोरासँग नाता प्रमाणितको सिफारिस बनाउन सुमिता आँफै गाँउपालिका पुगेकी थिइन् ।

तर, वडा अध्यक्ष नारायण खड्काले भने जेठाजुलाई जग्गा नदिएसम्म छोरासँग नाता प्रमाणित सिफारिस नदिने भन्दै रोकेका छन् । सुत्केरी महिला सुमिता दिनभर वडा कार्यालयमा बस्दा पनि वडा अध्यक्ष खड्काले सिफारिस दिएनन् ।

३. मदन भण्डारी सडक खण्ड निर्माणमा चरम लापरवाही, मेसिनरी वाल भत्किन थाल्यो !

उदयपुर । उदयपुरको निर्माणाधीन मदन भण्डारी राजमार्ग अन्तर्गत गाईघाट–कटारी सडकखण्ड निर्माणमा चरम लापरवाही भएको पाइएको छ ।

निर्माण कम्पनीको लापरवाहीका कारण निर्माण कार्य सम्पन्न नहुँदै सडक खण्डको मेसिनरी वाल भत्किन सुरु भएको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिकाको वीरेन्द्र चोकदेखि सिन्धुली, भीमान खण्डको निर्माणमा बढी बेथिति देखिएको छ । उक्त ठाउँमा गिट्टी–बालुवा सडक विभागले तोकेको मापदण्ड अनुसारका प्रयोग गरिएको छैन ।

जेड आईसी शर्मा लामा कम्पनीले भ्याट बाहेक करिब ६ अर्ब ५० करोड बढी लागतमा उक्त सडकको निर्माण जिम्मा लिएको थियो ।

४. ‘रवि लामिछाने मेरो सोल्टी हो’ भन्दै ठगी गर्नेको पर्दाफास

काठमाडौं । देशमा रोजगारी नपाएर भौतारीरहेका झापा विर्तामोड नगरपालिकाका ५ जना युवाहरु विक्रम राउतको सम्पर्कमा पुगे ।

जसले माल्दिभ्समा बसेर ईश्वर पोखरेल, नारायण सापकोटा लगायत ५ जना युवाहरुलाई रोजगारीका लागि माल्दिभ्स लैजाने बताएका थिए । उनीहरुबीच सुरुमा पैसा नदिने सहमति पनि भएको थियो ।

राउतले सबै काम भएको भन्दै मेडिकल ओरिन्टेशनसमेत गराए । त्यस्तै उनले १५ दिनभित्र विदेश जाने वातावरण बनाउने भन्दै आश्वसन देखाए । त्यसपछि राउतले ३ दिन भित्र भिसा आउने भन्दै सबैलाई काठमाडौं बोलाए ।

५. प्रहरी प्रशासनसँगको मिलेमत्तोमा वीरगञ्ज भन्सारमा तस्करी !

वीरगञ्ज । वीरगञ्ज नाकाबाटा भन्सार छली गर्दै बोराका बोरा सामग्री तस्करी हुने गरेको छ । सीमा तथा भन्सार सुरक्षामा खटिएका प्रहरी र सशस्त्र प्रहरीकै मिलेमत्तोमा अधिकांश सामग्री रातिदेखि विहान झिसमिसेसम्म तस्करी हुने गरेको छ ।

बोराका बोरा कपडा, मोटर पार्टस्, हार्डवेयरका सामग्रीदेखि खाद्यन्नका सामग्री समेत तस्करी हुने गरेको पाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।