वि प्लव कार्यकर्ताद्वारा दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष दम्पती अ पहरणमा
काठमाडौं : दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव नेतृत्वको प्र तिबन्धित नेकपाका कार्यकर्ताले अ पहरण गरेका छन्।
शाही र उनकी श्रीमतीलाई आफ्नै घरबाट शनिबार राति साढे १२ बजेतिर १५ जनाको समूहमा आएका मानिसहरुले अज्ञात स्थलतर्फ लगेको उनको परिवारले जनाएको छ।
अध्यक्ष शाहीसँगै श्रीमती लिला शाहीलाई पनि उक्त समूहले लिएर गएको जनाइएको छ। गाउँपालिकाकि उपाध्यक्ष सुस्मिता सिंहले भने आफू जिल्लामा रहेको र उक्त जानकारी आएको बताइन्। उनले भनिन्, ‘म जिल्लामा रहेको हुनाले गाउँमा बुझ्दै छु, यस्तै खबर आएको छ।’
जिल्ला प्रहरी कार्यालय दैलेखले उक्त घटना जानकारीमा आएको बताए पनि पुष्टि भने भैनसकेको जनाएको छ।-थाहा खबरबाट


