यसरी भे टियो सुनसरीमा एसएमजि ह तियार सहित नौ हजार ९८२ गो ली

इटहरी।सुनसरीको बराहाक्षेत्र नगरपालिका–५ स्थित खेमराज प्रधानको कुखुरा पाल्ने खोर मुनि गा’ढेर राखेको अवस्थामा एक थान एस’एमजि र विभिन्न ह’तियारमा प्रयोग हुने नौ हजार ९८२ राउण्ड गो’ली फेला परेको छ। पूर्वी पृतना मुख्या लय इटहरीलाई प्राप्त विशेष सूचनाका आधारमा नेपाली सेनाले गाढेको ठाउँबाट खनेर निकालेको हो ।

करीब पाँच वर्ष अगाडि ढलान गरेर निमार्ण गरेको कुखराको खोरमा भेटिएको गो’ली तत्कालीन द्व’न्द्वकालमा प्रयोग भएको हुन सक्ने अनुमान गरिएको छ । धेरै वर्षदेखि उक्त ठाउँमा प्रधानले कुखुरा पालन समेत गर्दै आएका थिए । प्रारम्भिक चरणमा प्रहरीले मुचु ल्का उठाउँदै यो कहिले र कस्ले गोढेर राखेको अहिले भन्न नसकिए पनि अनुसन्धान गर्दै जाँदा खुल्दै जाने प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले बताए ।

सशस्त्र द्व’न्द्वकालमा प्रयोग भएको हुन सक्ने अनुमान गरिएका गो’ली तीन प्लाष्टिकका ड्रममा व्यवस्थित ढङ्गले गा’डेर राखिएको अवस्थामा भेटिएको थियो । नेपाली सेनाको विशेष सक्रियतामा गाडिएको अवस्थाबाट निकालिएको उक्त गो’लीलाई कानूनी प्रक्रिया अनु सार सुरक्षित राखिने प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।