यस्तो भयो ! जब बसका यात्रुले चालक बि रुद्ध एसएमएमार्फत प्रहरीलाई रि पोर्ट गरे
सिन्धुपाल्चोक । प्रहरीले अस्वस्थ ढंगले सवारी चलाएको आरोपमा साँगाचोक सडकखण्डबाट दुई बसका चालकलाई नियन्त्रणमा लिएको छ । अस्वस्थ ढंगले तिब्र गतिमा बस चलाएर दुर्घटनाको जोखिम बढाएको भन्दै यात्रुले प्रहरीलाई एसएमएसबाट जानकारी दिएलगत्तै बा २ ख १६३६ र बा २ ख ४०८६ नम्बरको यात्रुबाहक बसका चालकलाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्लाको साँगाचोक गढी नगरपालिका–११ पोखरेस्थित बन्देउ चौतारा सडक खण्डमा काठमाडौंबाट चौतारातर्फ आँउदै गरेका ती दुई यात्रुवाहक बसहरु अस्वस्थ रुपमा प्रतिस्पर्धा गर्न थालेपछि यात्र्ुले एसएमएसबाट प्रहरीमा खबर गरेका थिए ।
बस तिब्र गतिमा हाँकिएपछि यात्रु आतंकित भएका र सार्वजनिक बसका यात्रुहरुको सुरक्षित यात्रा गर्ने अधिकार समेतलाई मध्यनजर राखी सोको वैकल्पिक व्यवस्था मिलाई लापरवाहीपूर्ण तरिकाले सवारी चलाउने चालकहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ ।
नियन्त्रणमा लिइएका चालकहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूरमा म्याद अनुमति लिएर थप अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ ।-रातोपाटीबाट


