कसले श्री’मतीलाई धेरै मन्त्रि बनाए ?, कांग्रेस र नेकपाका नेता बीच पोल खोलाखोल (भिडियो सहित)

काठमाडौ । नेकपाका नेता तथा सांसद डा. सुर्य पाठक र नेपाली कांग्रेसका नेता रामहरि खतिवडा बीच सरकारको काम कार्यलाई लिएर बहस गरेका छन् । क्यानाडा नेपालको स्टुडियोमा यी दुई नेताहरुले सरकारले सिमानाको विषयमा कसरी समाधान गर्ने बाटो रोजेको छ र किन चुकेको छ भन्ने मूल विषयमा केन्द्रित भएर बहस गरेका छन् ।

रामहरि खतिवडाले सरकारको काम कार्यले गति लिएन भन्दै आलोचना गरे भने डा. पाठकले सरकारले वाधा अवरोधहरु बीच कामलाई तिब्र रुपमा लिएर गएको भन्ने उल्लेख गरेका छन् । डा. पाठकका अनुसार सरकारले सिमानाको सुरक्षा गर्ने भन्दै बन्दुक बोकेर सेना पठाउने होईन बरु कुटनीतिक तरिकाले कुरा अघि बढेको भन्दै सिमानाको विषयमा प्रष्टाएका छन् ।

नेपाली राजनीतिमा नेता र मन्त्रीका श्रीमतीहरुलाई पनि सांसद देखि मन्त्रि बनाउने परम्पराको विषयमा पनि यी दुई नेता बीच चर्काचर्की परेको छ । डा. पाठकका अनुसार नेकपाले सधै राजनीति र सरकारमा महिलाको सहभागितालाई प्राथमिकता दिने तर्क दिएका छन् भने रामहरि खतिवडाको तर्क अनुसार कांग्रेसले मन्त्रीको श्रीमतीलाई भन्दै सक्षम महिलालाई राजनीतिमा मौका दिने गरेको उल्लेख गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।