ओलीको दुई तिहाई बहुमतको द’म्भ आजबाट समाप्त : उपेन्द्र यादव

काठमाडौं, ९ पुष । काठमाडौं । नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन समाजवादी पार्टीले फिर्ता लिएको छ ।

सिंहदरबारस्थित आफ्नै संसदीय दलको कार्यालयमा बुधबार पत्रकार सम्मेलन गर्दै समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएको हो । साथै अध्यक्ष उपेन्द्र यादवले आजबाट वर्तमान सरकारको दुई तिहाई बहुमतको दम्भ समाप्त भएको बताएका छन् ।

संविधान संशोधनप्रति प्रधानमन्त्री ओली जिम्मेवार नबनेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको उनको भनाइ छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा समाजवादीका अध्यक्ष तथा उपप्रधान एवम् कानुनमन्त्री उपेन्द्र यादवले संविधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।

तर, प्रधानमन्त्री ओलीले उक्त प्रस्ताव अस्वीकार गरेकाले सरकारमा बस्नु औचित्य नरहेको भन्दै समाजवादीबाट सरकारमा गएका कानुनी मन्त्री यादव र सहरी मन्त्री मोहम्मद इस्तियाक राईले मंगलबार पदबाट राजीनामा दिएका थिए ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा यादवले बारम्बार संविधान संशोधनको कुरा उठाउँदा प्रधानमन्त्री ओलीले बेवास्ता गरेको आरोप लगाए । तराई मधेशसहितका जनताको अधिकार सुनिश्चित गर्न संविधान संशोधनको आवश्यकता रहेको बताउँदै उनले तर यसप्रति सरकार उदासिन बनेकाले समर्थन फिर्ता लिएको बताए । संविधान संशोधनको माग उठाइरहने उनको भनाइ छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।