नेकपामा ‘भालेवादी’ चिन्तन हाबी : नविना लामा
काठमाडौ, पौष २७ । नेकपाकी सांसद नविना लामाले पार्टीमा भालेबादी चिन्तन हाबी भएको बताएकी छिन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् पोष्ट गदै उनले सो कुरा बताएकी हुन् ।
उनले शिवमाया जस्ती निडर ,हरेक किसिमका परिवर्तनकारी क्षेत्रमा नेत्रित्वदायी भुमिका खेलेकी महिलालाई सभामुख नबनाउनु दुखद कुरा भएको र नेकपामा भालेबादी चिन्तन् मौलाएको बताएकी छन् ।
उनले लेखेकी छन्- “विधावारिधि गरेको, कानून व्यवसाय अभ्यासरत, अखिलको उपाध्यक्ष भैसकेको, लामो र अनवरत कम्युनिष्ट राजनीतिमा लागेको, पार्टीको केन्द्रीय सदस्य रहेको, जातीय राजनीतिको हावामा विचारले नडग मगाएको, महिला त्यो पनि जनजाति पृष्ठभूमिको शिवमाया दिदी महिला सभामुखमा अयोग्य हुने हो भने हाम्रो गौरवशाली पार्टी नेकपामा भालेवादी चिन्तन कति बलियो रहेछ भन्ने निश्र्कष निकाल्नु पर्छ ।”



