सांस्कृतिक घेदुङको अध्यक्षमा छेवाङ तेञ्जिङ

काठमाडौ । नेपाल तामाङ सांस्कृतिक घेदुङको छैठौं संघीय सम्मेलनबाट छेवाङ तेञ्जिङ लामा अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्ष धावा वाङ्गेल लामा, उपाध्यक्ष सरोज लामा, उपाध्यक्ष उषा पाख्रिन, महासचिव दोर्जे ल्हो तामाङ, सचिव क्रान्ति योञ्जन, सचिव विशाल योञ्जन, सचिव आशिष डुम्जन, कोषाध्यक्ष रामकृष्ण लो रहेका छन् ।

त्यसैगरी सदस्यहरू क्रमश योजम तामाङ, जीवन बम्जन, बाबु जिम्बा, रञ्जना तामाङ, कुइसाङ रुम्बा, एमजी तामाङ, आस्मान लोप्चन, प्रीतम कुमार तानाङ, विपना तामाङ, सुमित्रा थिङ, विवेक पाख्रिन, रञ्जित लामा, कर्साङ लामा, सुजन तामाङ, ज्ञान सागर स्याङतान, शर्मिला लामा, सुकबहादुर लामा, तुलसी जिम्बा, सुवास मोक्तान, दोर्जे मोक्तान चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशकी उपसभामुख राधिका तामाङले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदै सांस्कृतिक पक्ष भनेको समाजको दर्पण भएको बताइन् । उनले थपिन् – सांँस्कृतिक पाटोबाट पनि नेतृत्व विकासको क्षमतालाई विकास गर्न सक्ने व्यक्तिहरू जन्मिएका उदाहरण छ ।

उपसभामुख तामाङले नेवा-ताम्सालिङको सट्टा बाग्मती स्वीकार गर्न बाध्यता हुनुको कारक भनेको तामाङ समुदायको कुनै पनि व्यक्ति निर्णायक तहमा पुग्न रहेको बताइन् ।

काठमाडौको चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको कार्यलयमा सोमबार भएको कार्यक्रममा घेदुङकी वरिष्ठ उपाध्यक्ष बेली तामाङ, उपाध्यक्ष कुमार घिसिङ, निवर्तमान महासचिव कुमार ब्लोन, विद्यार्थी घेदुङ अध्यक्ष दिनेश कुमार लो लगायतले मन्तव्य राखेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।