ओली र दाहालबीच बोलचाल ब’न्द !

काठमाडौं, २ माघ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो समय बोलचाल नै बन्द भएको छ । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रियालाई लिएर अध्यक्षद्वयबीच सम्बन्धमा दरार पैदा भएको बुझिएको छ । पछिल्लो समय बसेको सचिवालय बैठकपछि अध्यक्ष दाहाल बालुवाटारसमेत छिरेका छैनन् ।

सभामुखमा नेकपाले दाबी गर्ने भन्दै वर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेलाई तत्काल राजीनामा दिन निर्देशन दिएको थियो । नेकपाको सचिवालय बैठकले नै उपसभामुख तुम्बाहाम्फेलाई तत्काल राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको थियो ।

स्रोतकाअनुसार उक्त निर्णयमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको भने असहमति रहेको थियो । उपसभामुखलाई राजीनामा गराउन आग्रह गरिएको उक्त बैठकमा ओली अनुपस्थिति थिए । सचिवालयमा असहमति राखेपनि ओलीको केही चल्ने थिए । सचिवालयका नौं सदस्यमध्ये ६ जना अर्का अध्यक्ष दाहालको पक्षमा छन् । ओली सचिवालयमा पूर्ण रुपमा अल्पमतमा परेका छन् ।

उनको पक्षमा ईश्वर पोखरेल र विष्णु पौडेलमात्रै रहेको बुझिएको छ । गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ पनि पछिल्लो समय अध्यक्ष दाहालको पक्षमा उभिएका छन् । ओली समूहले अध्यक्ष दाहाललाई गलाउने रणनीति लिएपछि सचिवालयका ६ जना सदस्यहरु एकातिर उभिएका छन् ।

सभामुखमा नेकपाले उम्मेद्धवार चयन गर्न सकेको छैन् । नेकपा नेताहरुलाई उपसभामुख तुम्बाहाम्फेले कडा चूनौति दिएकी छिन् । पार्टी नेतृत्वको निर्देशनलाई आफूले कुनैपनि हालतमा नमान्ने ठाडो चूनौति दिएकी छिन् ।

तुम्बाहाम्फेले आफूलाई नै सभामुख बनाउनुपर्ने अडान अघि सारेकी छिन् । उनले उपसभामुखबाट राजीनामा नदिए नेकपाले सभामुख पद गुमाउने निश्चित् छ । नेकपामा पूर्व नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङको नाम सभामुखमा चर्चामा छ ।

अध्यक्ष ओलीले पनि उनलाई नै सभामुख बनाउने चाहना राखेका छन् । उता, पूर्व माओवादी केन्द्रबाट अग्निप्रसाद सापकोटाको नाम चर्चामा छ । सापकोटालाई सभामुख बनाउने चाहना अध्यक्ष दाहालले सचिवालय बैठकमा समेत राखेको बुझिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।