आफ्नै जिल्लाको मान्छे सभामुख भएकोमा पशुपति शमशेर खुशी

काठमाडौं, ७ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपति शमशेर जबराले अग्नि सापकोटा आफ्नो जिल्लाको मान्छे भएकोले सभामुखको कार्यकाल सफल रहोस भन्ने शुभकामना दिएका छन् । उनले भने,‘उहाँ सभामुख भएकोमा म खुशी छु, उहाँ हाम्रै जिल्लाको नेता हो । उहाँलाई बधाई दिन चाहन्छु ।’

एमसिसीको बारेमा अहिले राष्ट्रिय रुपमै चर्चा तथा परिचर्चा भएको सुनाउँदै उनले नेपालले आफ्नो राष्ट्रिय स्वार्थ र हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने सुझाव दिए । उनले भने,‘कुनैपनि सहयोग, अनुदान लिँदा हामीले हाम्रो देशको हित र स्वार्थ हेर्नुपर्छ, अहिले चीनबाट सहयोग आएको छ । अमेरिकाले पनि एमसिसीमार्फत सहयोग गर्दैछ । हिन्तूस्तानले पनि सहयोग गर्दै आएको छ । तर, नेपालले आफ्नो राष्ट्रिय स्वार्थ र हित हेर्नुपर्छ ।’

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले अहिले महत्वपूर्ण कुरा भनेको मुलुक कता जाँदैछ ? भन्ने नै रहेको सुनाए । उनले थपे,‘अहिलेको सरकारलाई जनताले अत्यन्तै ठूलो मौका दिएका थिए । जनताले यो सरकारलाई भारी बहुमत दिएका थिए ।

तर, यो दुई वर्ष सरकारले सुवर्ण मौकाको दुरुपयोग गरेको छ ।’ सरकारले यो दुई वर्षमा खास के काम गर्यो त? भनेर हेर्दा मुख्य काम गरेको भन्ने केही पनि नदेखिएको उनको आ’रोप छ । उनले भने,‘बरु, यो बीचमा भ्र’ष्टाचार बढेको छ । मलाई त कता कता यो सरकारलाई के भान छ भने हामीसँग बहुमत छ, हामीले जे गरेपनि हुन्छ भन्ने मात चढेको छ ।’

नेकपाले अहिलेसम्मको समय पद बाँड्नमै व्यतित गरिरहेको उनको गम्भिर आरोप छ । उनले भने,‘मुलुकको विकासमा सरकारले ध्यान नै दिएन् । उसले मुलुकको हितमा काम गरेको देखिएन् ।’ उनले सरकार आफैंले यो बीचको अवधि कसरी खेर फालेको छ ? भन्ने कुरा उसले नै राम्रोसँग केलाएर हेर्न सुझाव दिए । उनले भने,‘सरकारले आफूले पाएको भारी बहुमतको सदुपयोग गरेको देखिएकै छैन् ।’



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।