गौतमबुद्ध क्रिकेट रंगशालालाई गल्छी गाँउपालिकाको सय टिपर बालुवा स हयोग

चितवन : चितवनमा निर्माणा धीन गौतमबुद्ध क्रिकेट रंग शालाका लागि धादिङको गल्छी गाँउ पालिकाले बालुवा सहयोग गरेको छ । राष्ट्रिय गौरवको आयोजना भएकोले एक सय टिपर बालुवा सहयोग गरेको हो । शनिबार बिहान धादिङबाट आएको टोलीले रंगशाला निमार्ण स्थलमा पुगेर बालुवा हस्तान्तरण गर्न लागेको छ । रंगशाला निमार्णको लागि गाँउपालिकामा उत्खनित बालुवा सहयोग गरेको अध्यक्ष कृष्णहरि श्रेष्ठले बताए ।

बालुवा पुर्‍याउनका लागि जनप्रति निधि, टिपर व्यवसायी लगायतको टोली चितवन आएको छ । गाँउपालिकाले सहयोग गरेको बालुवा नेपाल टिपर तथा ढुवानी व्यवसायी समितिले निुशल्क ढुवानी गरेको छ । त्यस्तै सुदिपा ट्रेडिङ कम्पनी प्रालिले कर छुटको व्यवस्था गरेको छ । राष्ट्रिय झण्डासहित ब्यानर हालेर ल्याइएको उक्त टिपरलाई धादिङको सिमानामा जोडिएको इच्द्धाकामना गाँउपालिकाकी अध्यक्ष गिता गुरुङले स्वागत गरेकी थिइन् ।

भरतपुर महानगरपालिकाले आँपटारीबाट स्वागत गरेको थियो। धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिकाको वडा नम्बर १५ मा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्ण गरिरहेको छ। सबैको सहयोग र समन्वयबाट निमार्णले गति लिएको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।