लाखौँ मोबाइल फोनमा अब ह्वाट्स्एप च ल्दैन, यस्तो छ कारण

नयाँ दिल्ली । सामाजिक सञ्जाल ह्वाट्स्एप अब लाखौं मोबाइल फोन सेटमा नचल्ने भएको छ । फेसबुकको स्वामित्वमा रहेको सन्देश आदानप्रदानका लागि विश्वभर प्रयोग हुने ह्वाट्सएप अब लाखौं स्मार्टफोनमा नचल्ने भएको हो ।

पुरानो अपरेटिङ सिस्टम अर्थात् सञ्चालन प्रणाली भएका एन्ड्रोइड फोन र आईफोनमा अब फेसबुकको स्वामित्वमा भएको ह्वाट्स्एपले काम गर्नेछैन । ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताको गोपनियताको सुरक्षा गर्नका लागि यो आवश्यक कदम भएको बताएको छ ।

यो कदमबाट एन्ड्रोइड २.३.७ र आईओएस ८ वा तीभन्दा पुराना प्रणाली भएका फोनहरू प्रभावित हुनेछन् । ह्वाट्स्एपले असंगत मानेका पुराना प्रणालीहरू हिजोआज नयाँ फोनमा हालिएको हुँदैन । ह्वाट्स्एप चलाउन अधिकांश प्रयोगकर्ताले आफ्नो मोबाइलको अपरेटिङ सिस्टम अद्यावधिक गर्न सक्छन् ।

तर आईओएस ८ मात्र स्वीकार्ने आईफोन फार एस जस्ता निश्चित फोनमा सो एप नचल्ने भएको छ । सीसीएस इन्साइट्का विश्लेषक बेन वुडका अनुसार आफ्नो सेवा सुरक्षित रहेको सुनिश्चित गर्न ह्वाट्स्एपसँग योबाहेक अरू कुनै विकल्प थिएन ।

पछिल्लो एक दशकमा सर्वाधिक डाउनलोड भएका एपमध्ये चौथो स्थानमा परेको ह्वाट्स्एपले सन् २०१७ मै आफ्ना प्रयोगकर्तालाई सम्भावित परिवर्तनबारे सूचना दिएको थियो । कम्पनीका प्रवक्ताले भनेका छन्, ‘हाम्रो लागि यो कठिन निर्णय थियो, तर ह्वाट्स्एप प्रयोग गरेर इष्टमित्र, परिवार र आफन्तसँग सम्पर्कमा रहन मानिसहरूलाई राम्रो स्थिति उपलब्ध गराउन सही निर्णय पनि ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖