क्रिकेट रंगशालामा म हायज्ञः शनिवार एकै दिन उठ्यो १५ करोड

चितवन,माघ २५ : गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ जारी धनधान्याचल महोत्सवमा आज (शनिबार) अहिले सम्मकै धेरै अर्थिक सहयोग संकलन भएको छ । सातौ दिनमा आइ पुग्दा चितवनको रामपुरमा निर्माणाधिन रंगशालालाई सहयोग जुटाउन जारी धनधान्याचल महोत्सवमा आज मात्रै १५ करोड बढी सहयोग संकललन भएको बाग्मती प्रदेशका सांसद समेत रहेका मुल आयोजक समितिका संयोजक बिजय सुवेदीले जानकारी दिए ।

यो सँगै धनधान्याचलमा अहिले सम्म करिब ३० करोड पुगेको छ । शनिबार रंगशाला निर्माणका लागि जारी धनधान्याचल मार्फत बाग्मती प्रदेश सरकारले थप १० करोड सहयोग घोषणा गरेको छ । आज धनधान्याचल स्थल आई पुगेका बाग्मती प्रदेशका मुख्य मन्त्री डोरमणी पौडेलले थप १० करोड सहयोग घोषणा गरे । यसअघि शुक्रबार बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुललाले प्रदेश सरकारको तर्फबाट ५ करोड सहयोग घोषणा गरेका थिए ।

यो सँगै प्रदेश सरकारबाट रंगशाला निर्माणका लागि १५ करोड रुपैया सहयोग घोषणा भएको छ । सहयोग घोषणा गर्दै मुख्य मन्त्री पौडेलले निर्माणाधिन रंगशाला बाग्मती प्रदेश र समग्र देशकै गौरवको बिषय भएको बताए । उनले यो अभियानमा प्रदेश सरकारको सधैं सहयोग रहिरहने पनि बताए । यस्तै उनले रंगशाला निर्माण सम्पन्न नहुँदासम्म प्रदेश सरकारको तर्फबाट आवश्यकता अनुसार सहयोग गरिरहने प्रतिबद्दता गरे ।

आज नै नारायणगढ स्थित बाल कुमारी कलेजले १५ लाख सहयोग गरेको छ । कलेजका प्राचार्य जग दिश्वर खनालले उक्त रकम घोषणा गरे । यस्तै सांसद उमेश श्रेष्ठले ११ लाख ५१ हजार, इच्छाकामना गाँउपालिकाले ११ लाख ११ हजार एक सय ११, काठमाडौं निवासी योग प्रसाद पण्डितबाट १० लाख १ हजार, सप्तगण्डकी बहुमुखी क्याम्पसले ६ लाख एक हजार एक सय ११ सहयोग गरेका छन् ।

उता भरतपुर सरकारी अस्पातलका सम्पूर्ण कर्माचारीको तर्फबाट एक दिनको तलब बराबर रु ५ लाख ७३ हजार ९सय ७, काठमाडौं वान हार्ट कलेज तथा स्कुलबाट ५ लाख ५ हजार ५ सय ५५, भरतपुर एक निवासी उमा शंकर अग्रवालबाट ५ लाख ५५ हजार ५ सय ५५, ललितपुर निवासी शारदा अधिकारीबाट ५ लाख ५५ हजार ५ सय, कैलाश पेट्रोल पम्पबाट ५ लाख सहयोग प्राप्त भएको छ ।

महेन्द्र लाल प्रधानबाट ४ लाख ५५ हजार, स्काई राइडर हाइयर सेकेन्डरी स्कुल रत्ननगर बाट ३ लाख २५ हजार ५ सय ५५, श्री मेडिकल एण्ड टेक्नि कल कलेजबाट ३ लाख, ताराकुन्ज सह कारी संस्थाबाट ३ लाख सहयोग प्राप्त भएको छ । यस्तै आज बिभिन्न संघ संस्था, आमा समुह, टोल सुधार समिति, सहकारी संस्था तथा व्यक्तीहरुले पनि सहयोग गरेको मुल आयोजक समितिका महासचिव दिनेश कुमार चुकेले जानकारी दिए । अन्य दिनको तुलनामा आज महोत्सवमा भक्तजनहरुको घुँइचो लागेको थियो । आईतबार सहयोगी दाताहरु अझै बढ्ने मुल आयोजक समितिले जनाएको छ ।

एक दिन थप : रंगशालालाई आर्थिक सहयोग जुटाउन जारी धन धान्याचल महोत्सव एक दिन थप गरिएको छ । धन धान्याचलमा सहयोग गर्ने दाताहरु बढ्दै गएकोले एक दिन थप गरिएको मुल आयोजक समितिका संयोजक बिजय सुबेदीले जानकारी दिए । अब २६ गतेसम्म हुने भनिएको धनधान्याचल २७ गतेसम्म चल्ने छ । धनधान्याचलको २७ गते भव्य कार्यक्रमका बीच समापन गरिने संयोजक सुबेदीले बताए ।

रंगशा लालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेदेखी धन धान्याचल महोत्सव भईरहेको छ । महोत्सवमा पण्डित दिनवन्धु पोखरेल प्रमुख बाचकको रुपमा रहेका छन् । करिब ३ अर्ब लागतमा २ बर्ष भित्र सम्पन्न गर्ने योजना सहित चितवनको रामपुरमा ३० हजार दर्शक क्षमताको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भईरहेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।