रा जतन्त्र गयो तर सरकारी कर्मचारीका हाकिमको सा’मन्ती संस्कार गएन

काठमाडौं: निजामती कर्मचारी क्षेत्रमा अझै सामन्ती परपम्परा रहेको कुरा एकजना सांसदले उठाएकी छन्। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद इन्दुकुमारी शर्माले निजामती कर्मचारीहरु अझै सामन्ती संस्कार बोकेर हिँडि रहेको गुनासो गरिन्। शर्माले मुलुकबाट सामन्ती राजतन्त्रको अन्त्य भए पनि सामन्ती संस्कारको अन्त्य हुन नसकेको गुनासो गरिन्।

आफूले जनताको काम लिएर विभिन्‍न मन्त्रालयहरुमा जाँदा उच्चपदस्थ कर्मचारीले मातहतका कर्मचारीसँग गरेको कुराकानी र व्यवहार अत्यन्त तुच्छ पाएको उनले उल्लेख गरिन्। ‘संविधानको २०७२ को भाग ४ (ग) १ र ५ मा सामाजिक सांस्कृतिक रुपान्तरण सम्ब न्धी नीतिमा सभ्य संस्कृतिको विकास गर्ने, समाजमा विद्यमान धर्म परम्परा तथा संस्कारहरुको नाममा हुने विभेद, असमान व्यवहार अन्त्य गर्ने भनेको छ’

उनले भनिन्, ‘तसर्थ राज्यका सुरक्षा निकाय, न्यायलयका कर्मचारीतन्त्र भित्र मातहतका कर्मचारीसँग हेपाहा भाषाको प्रयोग नगरी राजा- रैतीजस्तो व्यवहार अन्त्य गरी सभ्य र सम्मानजनक व्यवहार गर्न सभामुख मार्फत ध्यानाकर्षण गराउन चाहान्छु।’ सांसद शर्माले सरकारी कार्यालयमा माथिल्लो दर्जाका हाकिमहरुले तल्लो दर्जाका कर्मचारीहरुलाई गर्ने व्यवहार सामन्ती सरकारको जस्तो भएको टिप्पणी गरिन्।

‘आफू मातहतका कर्मचारीलाई हेपाहा प्रवृतिका भाषा प्रयोग गर्नु भएन’, उनले भनिन्, ‘निजामती कर्मचारीहरु अझै सामन्ती संस्कार बोकेर हिँडिरहेका छन्। सबैलाई समान व्यवहार हुनुपर्‍यो।’ बैठकमा बोल्दै सांसद उमा रेग्मीले सरकारको दुई वर्षे कार्यकाल पूर्ण रुपमा असफल भएको बताइन् । दुई वर्षको समयमा सरकारले कुनै ठोस कार्यक्रम देखाउन नसकेको भन्दै उनले सरकारको प्रशंसा गरेर समाचार नछापेको भन्दै सञ्चार मध्यमलाई थर्काइएको जिकिर गरिन्। उनले प्रधानमन्त्री आफैंले बालुवाटारमा बाँसुरी बजाएपछि समाचार छाप्दा थर्काइएकोमा आपत्ति जनाइन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।