म गरलाई प्र योगका पा त्र मात्र ब नाइयो: मुख्यमन्त्री राउत

रौतहट । मुख्यमन्त्री लालबाबु राउतले हरेक कालखण्डमा मुलुकका लागि ज्यानको आहुती दिने मगर समुदायलाई शासक वर्गले प्रयोगको पात्र बनाएको बताएका छन् । नेपाल मगर सङ्घको ३८औँ स्थापना दिवसको अवसरमा प्रदेश नं २ को कमिटीले रौतहटको मङ्गलपुरमा आज आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले राज्यको हरेक परिवर्तनको अग्रपक्तिमा रहने मगर समुदायलाई आज पनि आफनो पहिचानको लागि सङ्घर्ष गर्ने अवस्था रहनु दुर्भाग्यपूर्ण रहेको बताए ।

उनले भने, ‘पृथ्वीनारायण शाहको राज्य विस्तार होस् वा राणाविरुद्धको आन्दोलन वा माओवादीको जनयुद्ध सबैमा मगर समुदायको भूमिका महत्वपूर्ण रह्यो तर सबैले मगर समुदायलाई प्रयोग मात्र गरिरहे, यो अन्यायपूर्ण हो ।’ मुख्यमन्त्री राउतले पहिचानको लागि विभेद्मा रहेका मधेशी, आदिवासी जनजाति, दलित, महिला मुस्लिमलाई एक हुनु विकल्प नरहेको बताए । अहिलेको शासन सत्ता सञ्चालन गर्नेहरु समेत एक जाति एक भाषालाई मात्र प्राथमिकतामा राखेको उल्लेख गर्नुहुँदै उनले पहिचानको लागि पुनःआन्दोलन गर्नुपर्ने बताए ।

पहिचानको आधारमा गठन भएको प्रदेश २ को सरकार प्रदेशमा बसोबास गर्ने सबै समुदायको पहिचान स्थापित गर्न प्रतिबद्ध रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश २ को नामकरण पहिचानकै आधार मधेश प्रदेश हुने दाबी गरे । मगर सङ्घका प्रदेश अध्यक्ष यमबहादुर खपाङ्गी मगरको अध्यक्षतामा भएको कार्यक्रममा पूर्वसभासद् रामकुमार भट्टराई, मगर सङ्घका इन्चार्ज लेखराज मगरलगायतका वक्ताहरुले बोलेका थिए ।रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।