पार्टीलाई कसैको स्वा,र्थले फु,टाउन सक्दैन – वरिष्ठ नेता खनाल
पार्टीको निर्णय सबैले मान्नुपर्छ
नुवाकोट, फागुन १७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको सचिवालयले गरेको निर्णय सबैले मान्नुपर्ने बताएका छन् ।
विदुरमा शनिबार प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले पार्टीको सचिवालयले गरेको निर्णय सबैले मान्नुको विकल्प नभएको बताएका हुन् ।
सञ्चारकर्मीले पार्टी सचिवालयले वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्न गरेको निर्णयलाई प्रधानमन्त्री केपी ओलीले अ,स्वीकार गरेको भन्ने विषयमा सोधेको प्रश्नको जवाफ दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले भने–‘पार्टीको निर्णय सबैले मान्नुपर्छ । प्रधानमन्त्रीले मान्नु नपर्ने, अरुले मान्नुपर्ने हुँदैन । पार्टीको निर्णयभन्दा बाहिर कोही जान पाउँदैन ।’
उनले पार्टी एकतामा कहीँ–कतै आँ,च आउन नदिनेसमेत बताए । उनले पार्टी फु,ट्छ भनेर अरु दलले भनिरहेका छन् भने त्यो केवल दि,वास्व,प्नमात्र भएको बताए । ‘पार्टी एक ढि,क्का भएर अघि बढ्छ । पार्टीलाई कसैको स्वा,र्थले फु,टाउन सक्दैन’–उनले भने ।
नेता खनालले ‘एमसीसी’ अहिलेकै अवस्थामा पारित हुन नहुने दोहोर्याए । एमसीसी स,च्याएर अघि बढ्दामात्र नेपालको हि,तका लागि हुने उनले बताए । रासस


