बरु २१ फागुनमै रा,जीनामा दिन्छु, ६ महिना मात्र मन्त्री बन्दिँन – खतिवडा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को विवाद सुल्झाउन अर्थमन्त्री युवराज खतिवडा फेरी बा,धक बनेका छन् । शुक्रवार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले वि,वाद सु,ल्झाउन मध्यमार्गी बाटो खोजेको थियो । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष वामदेव गौतमले अपनाएको म,ध्यमार्गी प्रस्ताव अर्थमन्त्री खतिवडाले अ,स्वीकार गरेका छन् ।

गौतमलाई राष्टिय सभामा मनोनित गर्ने र खतिवडालाई ६ महिनाका लागि अर्थमन्त्रीमा निरन्तरता दिने गरी खुमलटारमा म,ध्यमार्गी बाटो रोजिएको थियो । खुमलटारमा रोजिएको म,ध्यमार्गी प्रस्ताव लिएर वरिष्ठ नेता नेपाल प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । नेता नेपालले प्रधानमन्त्री ओलीलाई म,ध्यमार्गी प्रस्तावमा ल,चक पनि बनाएका थिए । तर खतिवडाले ६ महिना मात्र मन्त्री नबन्ने अ,डान लिएका छन् ।

नेता नेपाल बालुवाटारबाट फ,र्के लगतै खतिवडा पुगेका थिए । ६ महिना मात्र आफु मन्त्री नबन्ने अ,डान लिएका छन् । प्रधानमन्त्री ओलीसँग उनले ‘बरु २१ फागुनमै रा,जीनामा दिन्छु, ६ महिना मात्र मन्त्री बन्दिँन’ भन्दै आफ्नो अ,डान राखेको स्रोतले बताएको छ । खतिवडाको कुरा प्रधानमन्त्रीले सुने तर जवाफ फ,र्काएनन् ।

नेकपाभित्रको वि,वाद सा,मधान गर्न वरिष्ठ नेता नेपाल तीन दिनदेखि निकै स,क्रिय छन् । पार्टी निर्णय कार्यान्वयन गराउन र प्रधानमन्त्रीको इच्छालाई पनि सम्वोधन गर्न नेता नेपाल स,क्रिय छन् । दुवै पक्षको जित हुनेगरी नेता नेपालले गौतमलाई राष्टिय सभा र खतिवडालाई निरन्तरताको प्रस्ताव गरेका थिए । नेपालको प्रस्तावमा नेकपाका सवै नेताहरु सहमत छन् तर खतिवडा भने सहमत हुन नसकेको जानकारी प्रधानमन्त्री ओलीलाई गराएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।