अब नेकपाले अबिर, खादा र माला नलगाउने

अर्घाखाँची, १८ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी अर्घाखाँचीले कुनै पनि कार्यक्रममा अबिर, खादा र माला नलगाउने निर्णय गरेको छ। जिल्ला कमिटीको तेस्रो बैठकले जुनसुकै कार्यक्रममा अबिर, खादा र माला नलगाउने र अतिथीका लागी छुट्टै मञ्च बनाउन नपाउने निर्णय गरेको हो।

सबै समान हुनुपर्ने पार्टीको धारणा रहेकाले यो निर्णय गरिएको पार्टी अध्यक्ष चेतनारायण आचार्यले जानकारी दिए। प्रदेश सांसदसमेत रहेका आचार्यले बढी तामझाम गर्न कम्युनिष्टहरुलाई शोभा नदिने बताए। ‘जनताको बिचमा निरन्तर गईराख्नु पर्छ, उनले भने,‘तामझम आवश्यक नै छैन, त्यसैले यो निर्णय गर्यौं।’

यस्तै बैठकले तिन महिने सांगठानिक अभियान चलाउने, श हिद सप्ताह मनाउने, पार्टी सदस्यतालाई व्यवस्थित बनाएर लैजाने निर्णय भएको पार्टी सचिव ठाकुरकुमार बिकले जानकारी दिए। कार्यक्रममा प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टी नेकपा स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पार्टी एकतालाई जनस्तरसम्म सुदृढ गरेर लैजानु पर्ने बताए। xxx hot movies

कार्यकर्तामाझ भा,वनात्मक एकता कायम गरि पार्टीको काममा ख,ट्नुपर्नेमा जोड दिए। कार्यक्रममा मन्तव्य राख्दै पार्टी स्थायी कमिटीका सदस्य तथा प्रदेश–५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले नेपाल कम्युनिस्ट पार्टी नेकपालाई श्रमजिवी वर्गको मन जित्ने पार्टी बनाउनुपर्ने बताए। सौराहा अनलाइनबाट



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।