फेरि एक भए पू र्वपञ्ज: राप्रपा र राप्रपा सं युक्तबीच एकता
काठमाडाैं,फागुन २४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा र राप्रपा (संयुक्त) बीच एकता हुने भएको छ।
लामो समययता दुई पार्टीबीच एकता हुने चर्चा चलिरहेकोमा शनिबार एकताका लागि आधारपत्रमा हस्ताक्षर समेत भएकाे हाे।
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शमशेर तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त) बीच एकीकरण गर्न शनिबार राति आधारपत्रमा हस्ताक्षर भएकाेमा २८ फागुनमा एकताकाे औचापरिक घोषणा हुनेछ।


