मन्त्रिमण्डल पूनर्गठनको तयारी – भीम रावल मन्त्रि बन्दै

काठमाडौं, २६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली केही दिनभित्रै अस्पतालबाट डि,स्चार्ज हुने भएका छन् । त्रि.वि. शिक्षण अस्पतालको मिर्गौला विभागका प्रमुख प्रा.डा. उत्तम शर्माले प्रधानमन्त्रीको डिस्चार्जको तयारी भैरहेको जनाएका छन् । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले अबको केही दिनभित्रै प्रधानमन्त्रीको डि,स्चार्ज हुने बताएका छन् ।

उनले भने,‘उहाँको डिस्चार्जको तयारी भैरहेको छ ।’यता, प्रधानमन्त्री ओली अस्पतालबाट बालुवाटार फर्केलगत्तै मन्त्रिमण्डल पूनर्गठन गर्नेसम्मको तयारी गरेका छन् । बालुवाटारनिकट स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले यो पटकको मन्त्रिमण्डल पूनर्गठनमा नेकपाका स्थायी कमिटी सदस्य भीम रावल, युवा नेता महेश बस्नेत र सोमप्रसाद पाण्डेलाई सहभागी गराउने तयारी गरेका छन् ।

पाण्डेलाई अर्थमन्त्री बनाउनेगरि मन्त्रिमण्डलमा सहभागी गराउन लागिएको सूत्रको दा,बी छ । त्यतिमात्रै होईन, कमिशन प्र,करणमा मन्त्रीबाट राजीनामा दिएर बसेका गोकुल प्रसाद बाँस्कोटालाई पनि मन्त्रिमण्डलमा सहभागी गराउनेबारे ओलीले आफ्ना नजिकका नेताहरुसँग छलफल तथा परामर्श थालेका छन् ।

दोस्रो पटक मिर्गौला प्र,त्यारोपण गराएका ओलीले जनतामा प्र,त्यक्ष सरकारको प्र,भाव देखाउनेगरि आफ्नो टिममा नयाँ सदस्य थप्न खोजेका छन् । त्यसको लागि उनले माधव नेपाल पक्षका नेताहरुलाई पनि सहभागी गराउने निधो गरेका छन् । पछिल्लो समय पार्टीभित्र अल्पमतमा परेपछि ओलीले नेता नेपालको साथ खोजेका छन् । ओली र नेता नेपालबीच हि,मचिमपनि बढिरहेको छ ।

केही सार्वजनिक कार्यक्रममा समेत नेता नेपालले ओलीको लाईनामा आफ्ना अभिव्यक्ति दिएका छन् । उनले जनताको बहुदलीय जनवादको औ,चित्य अझैपनि बाँकी रहेको भन्दै यसको उपदेयताको बारेमा प्रकाश पार्दै हिँडेका छन् ।

पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने विषयमा पार्टीको निर्णयलाई नै च्यालेन्ज गरेका ओलीले आफूलाई पार्टीभित्र बलियो बनाउँदै लगेका छन् । त्यसकै अर्को क,डीको रुपमा उनले नेता नेपालका नेताहरुलाई सहभागी गराएर मन्त्रिमण्डल पूनर्गठन गर्न लागेको बुझिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।