विदेशीसमेत भेटिएपछि सुनसरीका मस्जिदहरु खाली गराइए – घर घरमा बसेर प्रार्थना गर्न प्रशासनको आग्रह
अमर काफ्ले, इनरुवा, ४ वैशाख । सुनसरी प्रशासनले मुस्लिम समुदायका व्यक्तिहरुलाई राख्न क्वारेन्टाइनका रुपमा प्रयोगमा ल्याइएका मस्जिदहरु खाली गराइएको छ । मस्जिदमा बस्ने र बसाउने क्रमले अ,सावधानी बढ्न सक्ने भन्दै सुनसरी प्रशासनले यस्तो कदम चालेको हो ।
प्रशासनका अनुसार बाहिरबाट आएर मस्जिदमा शरण लिई बस्न सक्ने सम्भावना र त्यसले समाजमा फैल्याउने सक्ने त्रा,सका साथै सम्भावित सं,क्रमणको जोखिमलाई मध्यनजर उक्त कदम चालिएको हो ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले मस्जिद खाली गरिएको भन्ने अर्थलाई गलत ढङगले लिन भने नहुने बताउनुभयो । पौडेलका अनुसार सुनसरीका विभिन्न मस्जिदमा ५२ जना बस्दै आएका थिए । उनीहरुलाई जिल्लाका विभिन्न स्थानमा रहेका क्वारेन्टाइन स्थलमा सारिएको पनि पौडेलले बताउनु भयो ।
सुनसरीको हरिनगर, दुहवी, इटहरी, बर्जु र भोक्राहाका विभिन्न मस्जिदहरुमा भारतीय र पाकिस्तानी नागरिक सहित बंगालीहरु बस्दै आएको फेला परेका थिए ।
सुनसरीका केहि मस्जिदहरुमा मुस्लिम समुदायका व्यक्तिहरुलाई राखिएकोमा अब भने त्यसो गर्न नपाइने प्रशासनले जनाएको छ । मस्जिदलाई क्वारेन्टाइनका रुपमा प्रयोग गरी व्यक्तिहरुलाई राख्दा त्यहाँ अन्यको समेत आवतजावत हुन सक्ने भएकाले जोखिम बढ्न सक्ने प्रशासनको ठहर छ ।
सुनसरी प्रशासनले दिएको जानकारी अनुसार अब उपरान्त जिल्लाका कुनैपनि मस्जिदमा कोही कसैलाई राख्न पाइने छैन् । लु,कीछिपी बस्दै आएको भेटिए कानून बमोजिम कारवाही गरिने समेत प्रशासनले स्पष्ट पारेको छ । प्रशासनले कुनै मस्जिदमा लु,कीछिपी कोही व्यक्ति बस्दै आएको भए जानकारी गराउन समेत मुस्लिम अगुवाहरु समक्ष आग्रह गरेको छ ।
सुनसरीका ८१ वटा मस्जिद प्रशासनमा दर्ता रहेका छन् । सुनसरी प्रशासनले मुस्लिम समुदायलाई मस्जिदमा भी,डभाड नगरी सकेसम्म घरमै बसी प्राथना गर्न भनेको छ ।
भारतसँग सीमा जोडिएकाले समेत सुनसरीमा प्रशासन क,डाई गरेको छ । सीमामा सर्तकता बढाउनुका साथै लकडाउनको पालना गराउन सु,रक्षाकर्मीलाई तै,नाथ गरिएको प्रशासनले जनाएको छ ।


