लकडाउनमा विद्यार्थीहरुसँग भर्ना वा अनलाइन कक्षाको शुल्क नलिन शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । कोरोनाभाइरसको रो,कथामको लागि गरिएको लकडाउनको समयमा विद्यार्थीहरुसँग भर्ना वा अनलाइन कक्षाको कुनै शुल्क नलिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ ।

सोमबार एक सुचना प्रकाशित गर्दै मन्त्रालयले कुनै पनि बाहानामा विद्यार्थीहरुसँग भर्ना वा अनलाइन कक्षाका शुल्क नलिन विद्यालयहरुलाई निर्देशन दिएको हो ।

प्रकाशित सुचनामा अहिले सबै विद्यालयहरुका पठनपाठन ब,न्द रहेकोले नेपाल सरकारको अर्को निर्णय नआएसम्म कुनै पनि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भ,र्ना नगराउन र भर्नाको नाममा कुनै शुल्क नलिन मन्त्रालयले सुचित गराएको छ ।

त्यस्तै प्रकाशित सुचनामा कक्षा १० को अ,न्त्यमा लिइने एसईई तथा कक्षा ११ र १२ को परीक्षा लिने सम्बन्धमा कुनै नयाँ निर्णय नभएको जनाइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।