आगामी बजेटबारे स्वास्थ्यमन्त्री र सांसदबीच छलफल – के भयो कुराकानी ?

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयको तर्फबाट नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषय र बजेटका सन्दर्भमा प्रतिनिधिसभाका सांसदसँग आज सुझाव लिनुभएको छ ।

मन्त्रालयसँग सम्बन्धित आगामी कार्यक्रमका जनप्रतिनिधिसँग मन्त्र ढकालले पहिलोपटक यस प्रकारको छलफल सुरू गर्नुभएको हो । मन्त्री ढकालले बुधबारमात्रै चार प्रदेशका सांसदसँग स्वास्थ्य क्षेत्रको बारेमा सुझाव लिनुभएको हो ।

उहाँले सुदुरपश्चिम, कर्णाली, प्रदेश ५ र गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग सोमबार सुझाव लिनुभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रीका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीले जानकारी दिनुभयो । मन्त्री ढकाललाई अस्पतालहरुको स्तरोन्नति र जनशक्ति व्यवस्थापनमा ध्यान दिन सुझाव दिइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले पनि स्वास्थ्य मन्त्रालयमै आएर सुझाव दिनुभएको थियो । मङ्गलबार बागमती प्रदेशभित्रका प्रतिनिधिसभाका सदस्यसँग सुझाव लिने कार्यक्रम छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।