धुर्मुस-सुन्तली फाउण्डेशनको सहयोग : कोरोना प्र,भावितलाई निःशुल्क भोजन

अहिले विश्वभर कोरोना भाईरसको महामा,री फै,लिएको छ । सबै नेपाली लकडाउनको प्रभावमा छन् । कोरोना प्र,भावितहरुका लागी बिभिन्न सामाजिक संस्था तथा समाजसेवीहरु स,क्रिय रुपमा राहतका प्याकेज बितरण गरिरहेका छन् ।

यसैबिच महाभु,कम्प पछि निरन्तर सामाजिक कार्यमा सक्रिय सामाजिक संस्था धुर्मुस सुन्तली फाउण्डेशनले कोरोना प्र,भावित नेपालीहरुका लागी बिभिन्न राहत सामाग्री वितरण गरिरहेको छ । कोरोनाको महामा,रीले बिभिन्न स्थानमा अलपत्र परेका नेपाली तथा बिहान बेलुका खाना खान समेत समस्या भएका नेपालीहरुका लागी फाउण्डेशनले बिभिन्न तरिकाले सहयोग गरिरहेको छ ।

फाउण्डेशनले पहिलो चरणमा उ,द्धार कार्य र दोश्रो चरणमा राहत बितरण गर्दै अहिले निशुल्क भोजनको व्यवस्था गरेको छ । बैसाख ९ गते किर्तिपुर स्थित रहेको त्रिभुवन विश्व बिद्यालयमा अध्यनरत २०० जना बिद्यार्थीहरुका लागी राहत वितरण संगैं कोरोना प्र,भावितहरु पहिचान गरी निरन्तर सहयोग गरिरहेको छ । त्रिभुवन विश्व बिद्यालयका २०० बिद्यार्थीहरुका लागी फाउण्डेशनले २०० बोरा चामल, ६०० केजी दाल, २०० पाकेट नुन, २०० लिटर तेल र २०० कार्टुन बिस्कुट सहित खाद्यान्न सहयोग प्रदान गरेको हो । त्यससंगैं झापामा अ,लपत्र परेको चितवनका २४ बिद्यार्थीहरुलाई चितवन र ललितपुरमा अ,लपत्र अवस्थामा रहेका ९५ जना मजदुरहरुलाई २ वटा बस रिजर्भ गरी उनिहरुको गृहजिल्ला दाङ पठाईएको थियो ।

धुर्मुस र सुन्तलीको प्रत्यक्ष सहभागितामा काठमाण्डौं, ललितपुर तथा भत्तपुरमा रहेका बिभिन्न बिपन्न, गरिव, बिभिन्न रोगीहरु, ज्याला मजदुरी गरी गुजारा गर्ने मजदुरहरु, अशक्त, बिद्यार्थी, बृद्ध, गर्भवती महिला लगायतका पी,डित पहिचान गरी अवस्थाअनुसार आर्थिक सहयोग समेत गरेको छ । आमाको मुख हेर्ने दिनको अवसरमा धुर्मुसले बिभिन्न पीडामा रहेका कोरोना प्रभावित आमाहरुलाई आर्थिक सहयोग गरेका थिए । धुर्मुसले आमाहरुलाई गरेको सहयोगको भिडियो थुप्रैपटक सेयर समेत भएको छ । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलका अनुसार कोरोना प्रभावितका लागी हालसम्म ११ लाख बराबरको राहत विरण गरिसकिएको छ ।

बिभिन्न राहतका प्याकेज वितरण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेशनले अहिले निशुल्क भोजन सुरु गरेको छ । सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुर, अ,सहाय तथा बिपन्न परिवारहरुको समस्यालाई मध्यनजर गरी फाउण्डेशनले ललितपुरको थसिखेलमा निःशुल्क भोजनको व्यवस्था गरेको हो । ललितपुर स्थित रहेको प्रतिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड संगको सहकार्यमा फाउण्डेशनले आजबाट प्रतिभा सहकारीको भवन अगाडी भोजनको व्यवस्था गरेको हो । अशक्त तथा बिपन्न वर्गका पी,डितहरु बिहान ९ बजेदेखी ११ बजेसम्म र साँझ ५ बजेदेखी ७ बजेसम्म निशुल्क भोजनका लागी त्यहाँ जान सक्नेछन् । र फाउण्डेशनले आवश्यक पी,डितहरु उक्त स्थानमा आई भोजनमा सहभागी हुन अनुरोध समेत गरेको छ ।

बिभिन्न स्थानमा रहेका नेपालीहरुलाई सहयोग गर्न धुर्मुस सुन्तली फउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले सबैलाई अनुरोध समेत गरेका छन् । उनले फेसबुकमा स्ट्याटस राख्दै बि,पदमा सबैले सहयोग गरौं भन्दै पी,डित पहिचान गरी आवश्यक सहयोग गर्नुनै मानविय धर्म निर्वाह गर्नु भएकाले सहयोग गरि उ,द्धार गर्न समेत अपिल गरेका हुन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।