लकडाउनलाई निरन्तरता दिने उच्चस्तरीय समितिको निर्णय
काठमाडौँ । कोरोना रो,कथाम तथा नि,यन्त्रण उच्चस्तरीय समन्वय समितिको आजको बैठकले सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री कार्यालय बालुवाटारमा आज बसेको उच्चस्तरीय समितिको बैठकले लकडाउन जारी राख्ने निर्णय गरेको छ तर कति दिन थप्ने भन्ने विषयमा बुधबार बस्ने मन्त्रिपरिषद्को बैठकले तय गर्नेछ ।
बैठकपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद विडारीले आर्थिक, सामाजिक, स्वास्थ्य सुर,क्षा र नागरिकको जनजीवनका सवालमा सरकारी निर्णयहरु सही रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई अझै निरन्तरता दिनुपर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो ।
मन्त्रिपरिषद् बैठकमा लकडाउनका विषयमा थप छलफल हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘‘अहिले अख्तियार गरिएका नीति कोरोना रोग र यसको स,ङ्क्रमण तथा रो,कथामका लागि भएका सबै प्रयास र स,ङ्क्रमणको अवस्थाका विषयमा छलफल भएको छ, लकडाउनका कारण नागरिकको जीउज्या,नको सुरक्षा गरी स,ङ्क्रमणलाई नि,यन्त्रणमा राख्न सफल भएका छौँ भन्ने निष्कर्ष बैठकले निकालेको छ ।”
बैठकले अहिलेसम्म सरकारले लिएका नीतिले स,ङ्क्रमण रो,कथाममा सफलता प्राप्त भएको निष्कर्ष निकाल्दै कोरोना स,ङ्क्रमणलाई रो,क्ने र शून्यमा झार्ने प्रयासमा सबै लागिरहने विषयमा छलफल गरेको छ । रासस


