बाबुराम भट्टराईद्वारा क्ष मायाचना

काठमाडौं, २४ वैशाख । जनता समाजवादी पार्टी नेपालका नेता डा.बाबुराम भट्टराईले गोरखाली जनतासँग क्षमायाचना गर्नुभएकाे छ । कोरोना म हामारीका कारण लागू गरिएको ल कडाउनले गर्दा गोरखाली जनतासामू पुग्न नपाएकाे भान्दै ‘अत्यन्त दु: खित र क्षमाप्रार्थी’ भएकाे उहाँले बताउनुभएकाे छ ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेता भट्टराईले २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा प्रत्येक महिना कम्तिमा एकपटक गृहजिल्ला गोरखा पुग्ने वाचा गर्नुभएकाे थियाे । तर योपटक भने कोरोना म हामारीका कारण जिल्ला पुग्न नपाएकोमा दुःख व्यक्त गर्दै उहाँले गोरखाली जनतासमक्ष क्ष मायाचना गर्नुभएकाे हाे ।

उहाँले लकडाउन सकिने वित्तिक्कै जिल्ला आउने प्रतिबद्धता समेत गरेका गर्नुभएकाे छ । त्यस्तै, नेता भट्टराईले यही बैशाख २६ गतेबाट सुरु हुने बजेट अधिवेशनमा आफ्नो निर्वाचन क्षेत्रका विषयबस्तु उठान गर्ने भएकोले त्यसका लागि सुझाव पठाउन समेत आग्रह गर्नुभएकाे छ ।

बाबुरामकाे क्षमायाचना जस्ताकाे तस्तै

गोरखाली दिदीबहिनी दाज्यूभाइहरूसँगग विनम्र अनुरोध:

१. २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा मैले वाचा गरे अनुसार म अविच्छिन्न रूपमा प्रत्येक महिना कम्तिमा एक पटक गृह जिल्ला/ निर्वाचन क्षेत्र पुग्ने गरेको यहाँहरूलाई अवगत नै छ! परन्तु पहिलो पटक घातक कोरोना महामारीका कारण लागू गरिएको लकडाउनको यो अवधिमा म तपाईंहरूका घरदैलोमा आएर सुखदु:खका कुरा गर्न नपाएकोमा अत्यन्त दु:खित र क्षमाप्रार्थी छु। यो मैले नचाहेर हैन परन्तु को रोनाबाट बच्ने अहिलेसम्मको एक मात्र सुरक्षित उपाय मानिस मानिस वीचमा निम्नतम तीन फिट दूरी कायम गर्ने र अनावश्यक भेटघाट/भीड़भाड़ नगर्ने भन्ने भएकाले तपाईंहरूको निर्वाचित प्रतिनिधिले त्यो अनुशासन र जिम्मेवारी पालन गर्नुपर्दछ भनेर नै हो! यसलाई यहाँरूले यही ढंगले बुझिदिनुहुनेछ भन्ने आग्रह गर्दछु र लकडाउन खुल्ने वित्तिकै यहाँहरू समक्ष उपस्थित हुने प्रतिबद्धता व्यक्त गर्दछु।

२.यही बैशाख २६ गतेबाट संसदको बजेट अधिवेशन भनिने बर्खे अधिवेशन शुरू हुँदैछ र जेठ १५ गते संविधान अनुसार देशको बार्षिक बजेट प्रस्तुत हुँदैछ। यस अधिवेशनमा मैले उठाउनुपर्ने जिल्ला र निर्वाचन क्षेत्रका बिषयवस्तु र बजेट निर्माणकानिम्ति सुझाव यही बैशाख मसान्तसम्म निम्न ठेगानामा पठाएर सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछु: Viber/WhatsApp: 9808213630 (ख) रोशन पोखरेल (निजी सचिवालय ) फोन/Viber/WhatsApp: 9851102883 धन्यवाद !

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖