फेरि ल,म्बियो लकडाउन – जेठ ५ गतेसम्म कायम राख्ने सरकारको निर्णय
काठमाडौँ, २४ वैशाख । मुलुकमा कोरोना भाइरस सं,क्रमणका घ,टना बढ्दै गएपछि सरकारले हाल कायम लकडाउनकाे अवधि लम्ब्याउने निर्णय गरेकाे छ । भाइरस न्यूनीकरण तथा रोकथामका लागि सरकारले जारी लकडाउन ल,म्ब्याएर जेठ ५ गतेसम्मका लागि कायम राख्ने निर्णय गरेकाे हाे ।
आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि छैटाैँपटक ११ दिन थप गरेकाे हाे । यसअघि घोषित लकडाउन २५ वैशाख (भाेलि)सकिँदै थियाे ।
यसअघि वैशाख १४ गते बसेकाे मन्त्रिपरिषद बैठकले पाचौँपटक १० दिन थपेर लकडाउन २५ गतेसम्म कायम राख्ने निर्णय गरेको थियाे । त्याेभन्दा अघि वैशाख २ गतेको मन्त्रिपरिषद बैठकद्वारा चौथोपटक वैशाख १५ गतेसम्मका लागि लकडाउन कायम राख्ने निर्णय गरेकाे थियाे । नेपालमा गत चैत ११ गतेदेखि देशव्यापी लकडाउन सुरू भएकाे थियाे ।

मुलुकमा कोरोना सं,क्रमणका घ,टना बढ्दै गएपछि सरकारले पुनः लकडाउन लम्ब्याउने निर्णय गरेको हो । पछिल्लाे समय नेपालगन्जमा समुदायस्तरमा काेराेना सं,क्रमण फैलिएकाे भेटिएपछि लकडाउन थप गर्ने निर्णयमा सरकार पुगेकाे देखिन्छ । नत्र वैशाख २५ पछि लकडाउन खुकुलाे पार्नेबारे पनि छलफल भइरहेकाे थियाे ।
यसअघि मंगलबार कोरोना रो,कथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले पनि लकडाउन तत्काल खु,कुलो पार्न नसकिने र अवधि पुनः थप्नुपर्ने निष्कर्ष सहित सरकारलाई प्रस्ताव गरेको थियाे । लकडाउनकाे स्वरूप फेर्नेबारे प्रधानमन्त्री र मन्त्रीहरूबीच छलफल भएकाे थियाे ।
कोरोना सं,क्रमण फैलन नदिन लकडाउन तथा सामाजिक दूरी र प्र,तिबन्धात्मक कार्यक्रम नै प्रभावकारी रहेको भन्दै विश्व स्वास्थ्य संगठनले समेत लकडाउन तत्काल फुकुवा गर्न नहुने सुझाव दिँदै आएको छ । हालसम्म काेराेना भाइरसकाे प्रभावकारी उपचार पत्ता लाग्न सकेकाे छैन, जसकारण यसकाे सं,क्रमणबाट जाेगिने उपाय नै विश्वभरि अपनाइएकाे छ ।


