बुद्धका उपदेश पालन गरे राष्ट्रिय एकता सुदृढ बन्छ – राष्ट्रपति भण्डारी

काठमाण्डौं, २५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई हजार ५६४औँ बुद्धजयन्तीका उपलक्ष्यमा विश्वभरका बौद्धमार्गी एवं स्वदेश तथा विदेशमा रहेका शान्ति र अहिं,साप्रेमी सम्पूर्ण महानुभावमा शुभकामना व्यक्त गरेकी छन् ।

आजको यस दिनले विविधताबीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिका पथमा अघि बढ्न हामी सबैलाई उत्साह, उमङ्ग र प्रेरणा प्रदान गर्ने अपेक्षा उहाँले बुद्धजयन्तीको शुभकामना सन्देशमा व्यक्त गरेकी छन् ।

बौद्ध दर्शनका प्रवत्र्तक तथा शान्तिदूत बुद्धका प्रे,रणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी स,द्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास पनि उनले व्यक्त गरेकी छन् ।

विश्वव्यापी महामा,रीका रूपमा फै,लिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को महाविपत्तिबाट सम्पूर्ण विश्वले शी,घ्रातिशीघ्र मुक्ति पाउने कामना गर्दै राष्ट्रपतिले बुद्धजयन्तीका यस अवसरमा एकता, सहिष्णुता, सद्भाव, अहिं,सा र शान्तिको महाभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।