भारतले ल,खेटेपछि दशगजामै बास

बाँके, २७ वैशाख । भारतमा कोरोना स,ङ्क्रमण फै,लिएपछि नेपाल सरकारले भारतबाट कुनै पनि व्यक्ति नेपाल प्रवेश गर्न नपाउने निर्देशन दिए पनि गत साता भारत महाराष्ट्र, झाँसी, कानपुर, दिल्ली र पञ्जावबाट लु,किछिपी २१ कामदार नरैनापुर फ,र्किए ।

भारत श्रा,वस्ती जिल्ला भिन्गास्थित क्वारेन्टाइनले उनीहरुलाई राख्न नमानेपछि भारतीय प्रहरीले नरैनापुर गाउँपालिका–१ सुइँया नाकाबाट उनीहरुलाई नेपाल प्रवेश गरायो ।

‘मजदूर फर्किएको सूचना प्राप्त हुनेबित्तिकै नरैनापुर गाउँपालिकाले उनीहरुलाई आदर्श मावि लक्ष्मणपुरमा रहेको क्वारेन्टाइनमा राखेको थियो’, गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले भने, ‘तर सश,स्त्र प्रहरीले २१ जनालाई लगेर दशगजामा राखेको छ ।’

भारतमा रोजगारी गरी घर फ,र्कने मजदूरको अ,वैध प्रवेशका कारण भारतसँग सीमा जोडिएको नरैनापुरमा कोरोना स,ङ्क्रमणको जोखिम उच्च रहेको अध्यक्ष शाहले बताए ।

भारतबाट आएर दशगजाबाट लु,कीछिपी आफ्नो गाउँघर पुग्न खोज्ने युवालाई प्रहरीले दशगजामै छेक्ने गरेको छ । कामदारका परिवारले उनीहरुलाई क्वारेन्टाइनमा राख्न अनुरोध गरे पनि आफूहरुलाई नेपाल भित्रिन नदिने निर्देशन भएकै कारण क्वारेन्टाइनमा राख्न नमिल्ने सश,स्त्र प्रहरी बल गंगापुरका इन्चार्ज वीरेन्द्रबहादुर जिसीले बताए ।

‘नेपाल प्रवेश गर्न नदिने निर्देशन विपरीत लुकीछिपी प्रवेश गरेको पाइएकोले उनीहरुलाई क्वारेन्टाइनमा राख्न मिलेन । हामीलाई प्रवेश गर्न नदिने निर्देशन छ ।’, इन्चार्ज जिसीले भने, ‘प्रवेश गर्न नदिने भनेपछि क्वारेन्टाइनमा राख्न दिने प्रश्न नै आउँदैन । यद्यपि यसअघिदेखि नै नरैनापुर गाउँपालिकाले भारतबाट आएका कामदारलाई क्वारेन्टाइनमा राखेर व्यवस्थापन गर्दै आएको छ ।’

भारतले उता बस्न नदिने र नेपालले दशगजाभित्र पस्न नदिने गरेकाले नेपाली पी,डित बनेको नेपाली काँग्रेस क्षेत्र नं १ का नेता रामचन्द्र मौर्यको भनाइ छ । उनले भने, ‘गाउँ फ,र्किनेहरु नेपाली नागरिक भएकाले उनीहरुको व्यवस्थापनको जिम्मा सरकारले लिनुपर्छ, पन्छिन मिल्दैन ।’ प्रदेश नं ५ सरकारले मंगलबार नै एक सूचना जारी गरी सबै स्थानीय तहमा भारतबाट आउने कामदारलाई लक्ष्य गरेर उनीहरुको व्यवस्थापनका लागि थप क्वारेन्टाइन निर्माण गर्न निर्देशनसमेत दिएको छ ।

‘केन्द्र सरकारले कुनै पनि व्यक्ति प्रवेश गर्न नपाउने सूचना जारी गरेको छ, यो आपसमा वि,वादित देखियो’, गाउँपालिकाका अध्यक्ष शाहले भने, ‘हामी व्यवस्थापनका लागि तयार छौं तर प्रहरीले सीमाबाट प्र,वेश गर्न दिँदैन ।’

सीमा क्षेत्रमा अहिले पनि १०० भन्दा बढी कामदार अ,लपत्र अवस्थामा छन् । बुधबार राति नरैनापुर–५ का तीन कामदार पसेको सूचना आएपछि उनीहरुलाई प्रहरीले फेरि भारततर्फ फि,र्ता पठाएको छ । ‘भारतले दशगजासम्म आउन दिने तर नेपाल प्रहरीले नेपाल प्रवेशमा रो,क लगाउनुहुँदैन’, नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले भने । गत साता नै नरैनापुर क्षेत्रबाट ५६ धर्मगुरुको स्वाब संकलन गरी जाँच गरिएकामा सबैको रिपोर्ट निगेटिभ आएको छ ।

भारतबाट आउने कामदारका कारण जो,खिम हुन सक्ने भन्दै सुर,क्षा व्यवस्था क,डा बनाइएको इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज मानबहादुर बिसीले बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।