लिपुलेक नेपालको हो, भारतले नेपालको भूमि मि,चेर सडक निर्माण गर्नु अमान्य – परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं, २८ बैशाख । सरकारले लिपुलेक नेपालको अभिन्न भूमि भएको आफ्नो अडान पुनः दोहो-याएको छ । प्रतिनिधिसभाको आजको वैठकमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतले लिपुलेकमा दुई देशको हित विपरित हुने गरी सडक निर्माण गरेको सम्बन्धी अति जरुरी सार्वजनिक प्रस्ताव पेश गर्दै लिपुलेक पूर्णरुपमा नेपालको भूमि भएको बताउनुभयो ।

उहाँले भारतलाई नेपाली भूमि मि,चेर सडक निर्माण नगर्न लिखित पत्राचार गरेपनि एकैपटक सडक उ,द्घाटनाको खबर आउनु दुःखद भएको बताउनुभयो । परराष्ट्रमन्त्री ज्ञवालीले सन १९१८ मा भएको सुगौली सन्धिले नेपाल र भारतबीचको सीमा प्रष्ट निर्धारण गरेको उल्लेख गर्दै त्यसपछि नेपाल र भारतबीचको सीमा हेरफेर हुने गरी कुनै पनि सन्धि नभएको जानकारी पनि प्रतिनिधिसभाको वैठकलाई गराउनु भयो ।

उहाँले कालीको मुहानलाई आधार मानेर सीमा निर्धारण भएको स्मरण गराउँदै त्यही आधारमा पनि लिम्पियाधुरा, कालापानी र लिपुलेक प्रष्टरुपमा नेपालको भएको उल्लेख गर्दै भारतलाई हिजो मात्र नेपाल सरकारकोतर्फबाट आधिकारिक पत्र पठाएर सडक निर्माणका विषयमा गम्भीर आपत्ति जनाइएको जानकारी दिनुभयो ।

भारतले नेपालले बारम्बार पठाएको पत्रहरुको कुनै औपचारिक जवाफ नदिइ नेपाली भूमिको प्रयोेग गर्नु दुःखद भएको उल्लेख गर्दै देखिएको यस समस्यामा कुटनीतिकरुपबाट समाधान खोजिने धारण राख्नु भयो ।

उहाँले बिभिन्न दलहरुबाट यस बिषयमा देखाइएका चासोले राष्ट्रिय भावना जा,गृत गराएको बताउदै नेपालले आफ्नो भूमि कदापी नछाड्ने अडान पनि दोहो¥याउनु भयो ।

प्रस्तावमाथि बिभिन्न दलका सांसदहरु आफ्नो धारणा राख्दै भारतको हेपाहा प्रवृति सजग हुन र कुटनीतिक माध्यमबाट समस्याको समाधान गर्न आग्रह गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖