नेपालमा एकै दिन ७४ जनामा देखियो कोरोना सं,क्रमण
काठमाडौं, ३० बैशाख । मंगलबार एकै दिन ७४ जनामा कोरोना सं,क्रमण पुष्टि भएको छ । मंगलबार साँझ थप १७ जनामा कोरोना सं,क्रमण पुष्टि भएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनायो । यसअघि आज दिउँसो ५७ जनामा सं,क्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा हालसम्म २०८ जनामा कोरोना सं,क्रमण पुष्टि भएको छ ।
यसअघि देखिएका ५७ स,ङ्क्रमित भएका मध्य सबैभन्दा बढी पर्सामा ३९ जना छन् । यो पहिलोपटक नेपालमा सबभन्दा बढी स,ङ्क्रमण देखिएको सङ्ख्या हो । यसअघि हिजो एकैपटक २४ जनामा स,ङ्क्रमण देखिएको थियो ।
विश्वव्यापी महामा,रीका रुपमा फैलिएको कोभिड–१९ बाट आज रुपन्देहीमा नौ, पर्सामा ३९, कपिलवस्तुमा आठ र बारा जिल्लामा एकजनामा स,ङ्क्रमण देखिएको हो ।


